अनाथलाई सहयोगकालागि सांस्कृतिक कार्यक्रम

693

अनाथलाई सहयोगकालागि सांस्कृतिक कार्यक्रम

बुटवल, १६ मंसिर । अनाथ सहयोगका लागि ग्रिन स्टार युवा क्वल बुटवल दीपनगरले सांस्कृतिक कार्यक्रम गरेको छ । शनिबार साँझ बुटवलको सिद्देश्वरी मैदानमा भएको सांस्कृतिक कार्यक्रममा कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सांस्कृतिक संरक्षणकालागि सामुदायमा गठन भएका संघसंस्था कृयाशिल भएको बताउँदै सामाजिक संघसंस्थाले गरेका काममा नगरपालिकाको सहयोग रहने बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेले युवाहरु अनाथहरुका सहयोगका लागि संस्कृति समेत संरक्षण गर्ने गरि कार्यक्रम गर्नु आफैमा राम्रो भएको बताउँदै त्यसमा आफ्नो साथ समर्थन र सहयोगकालागि समेत सबैलाई आग्रह गर्नुभयो ।

क्लवका कार्यवाहक अध्यक्ष अर्जुन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम संयोजक सन्तकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रमबाट जुटेको रकम अनाथको सहयोगकालागि आश्रममा गएर हस्तान्त्रण गरिने क्लवका सल्लाहकार राजु रिजालले जानकारी दिनुभयो ।