सटरको टेण्डर स्थगित गर्नुको कारण देखाउन अदालतको आदेश

837

सटरको टेण्डर स्थगित गर्नुको कारण देखाउन अदालतको आदेश

बुटवल, २ साउन । लुम्बिनी अञ्चल अस्पतालको व्यबसायिक सटर भाडामा लगाउन आह्वान गरेको टेण्डर स्थगित भएको विषयमा लुम्बिनी अञ्चल अस्पतालाई अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अञ्चल अस्पतालको व्यबसायिक सटर भाडामा लिन बोलपत्र भरेका पुष्करबहादुर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खाँन र बुद्धिबहादुर ज्ञवाली चार जनाले उच्च अदालत तुल्सिपुरको बुटवल इजलाशमा निवेदन गर्ता गर्नुभएको थियो ।

निवेदन उपर बुधबार सुनुवाई गर्दै अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न लुम्विनी अञ्चल अस्पताल बिकास समिति, अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट, प्रदेश नम्वर ५ को सामाजिक बिकास मन्त्रालय र संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कारण देखाउ आदेश दिएको हो ।

निवेदकहरुले अन्तरिम आदेश माग गरेकामा उच्च उदालत बुटवल इजलाशका न्यायाधिश नागेन्द्रलाल कर्णको एकल इजलाशले अन्तरिम आदेश गर्नु पर्ने नपर्ने विषयमा दुई पक्ष विच छलफल गर्नकालागि यहि साउन ९ गतेलाई पेसी तोकेको छ ।

निवेदकहरुका तर्फबाट अधिवक्ता जोगबहादुर खत्री, गोकर्णराज बञ्जाडे र लोकप्रसाद खरेलले बहस गर्नु भएको थियो । अस्पतालका ६९ वटा सटरका लागि बोलपत्र आव्हान गरिएकोमा अन्तिम दिन असार २५ अवेर टेण्डर स्थगित गरिएको थियो ।