Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • लुम्बिनी अञ्चल अस्पतालमा एण्टिरेविज भ्याक्सिन अभावः सेवा प्रवाहमा कठिनाई

    November 14, 2018


    बुटवल, २८ कात्तिक । रेविज बिरुद्ध लगाईने एण्टिरेविज भ्याक्सिनको अभावमा लुम्बिनी अञ्चल अस्पतालमा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ । लुम्बिनी अञ्चल अस्पतालका अनुसार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोटा प्रणाली लागु गरेपछि सेवा प्रवाहमा कठिनाई भएको हो ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई मासिक ६ सय भायल एण्टिरेबिज भ्याक्सिनको कोटा तोकेको छ । यद्यपी गत आर्थिक वर्ष २०७४÷०७५ (एक वर्षको अवधी)मा १६ हजार ८ सय भायल खपत भएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो ।

    यो आकाडालाई आधार मान्ने हो भने पनि अस्पतालमा मासिक १ हजार ४ सय भायल तथा दैनिक ४७ भायल आवश्यक पर्ने उहाँले बताउनु भयो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तोकेको काटो अनुसार दैनिक औषत २० भायल मात्रै हुन्छ ।

    संकास्पद जनावारको संसर्गमा आई सम्भाब्य रेजिब रोगको आशंकामा सेवा लिन आउनेहरु कात्तिक देखि फागुन महिनासम्म सर्वाधिक हुने भएकाले महाशाखा वेलैमा सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् । चालु आर्थिक वर्षको कात्तिक महिलाको २७ गतेसम्म दैनिक सरदर १५० जना सेवाग्राही अस्पतालमा आएको सूचना अधिकृत रेग्मीले बताउनु भयो ।
    उहाँका अनुसार लुम्बिनी अञ्चल अस्पतालमा सम्भाब्य रेविज रोग बिरुद्धको एण्टिरेबिज भ्याक्सिन लिन आउनेमा ८१ प्रतिशत शंकास्पद कुकुरले टोकेर आउने गरेका छन् भने बाँकी १९ प्रतिशत बाँदर, बिरालो, भालु, संकास्पद घरपालुवा जनावरले टोकेर आउने गरेका छन् ।