Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बादशाह पक्राउ

    July 6, 2019


    कपिलबस्तु, २१ असार । कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका बादशाह भनी चिनिने नसीम खानलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रिय अनुसन्धान व्युरोले शनिबार विहान खानलाई पक्राउ गरेको हो ।

    मायादेवी गाउंपालिका वडा नं. ४ पिपरा गाउंका नसिम खांन (बादशाह) उपर जिल्लामा करीब १ दर्जन हत्या, आतंक, लुटपाट, अपरहण लगायतका मुद्धाहरु दर्ता छन् । पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलिगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलिगढवाबाटै कपिलवस्तु जिल्ला भर खानले आफ्नो प्रभाव जमाउंदै आएका थिए ।

    फरार सुचीमा रहेका खानउपर ७ वटा कर्तव्य ज्यान र १ डांका मुद्धा दर्ता रहेको छ । पक्राउ परेका खान माथि तत्कालिन मोओवादीका जिल्ला स्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानवहादुर सुनार, शिवपूजन कुर्मी लगायतको हत्या अभियोग लागेको छ । पछिल्लो समय गत २०७४ साल वैशाख १३ गते मायादेवीगाउंपालिका वडा नं.४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य मुद्धा दर्ता रहेको छ ।

    विगतमा विभिन्न ससस्त्र समुहमा संलग्न रहेका खाँन तराईका शसस्त्र समुहसंग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर यस अलावा अन्य व्यक्तिगत घटनासंग संवद्ध हत्या तथा अपहरणको मुद्धाका कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए ।