नेपाल बजार बिक्रि प्रतिनीधि संघमा पराजुली

नेपाल बजार बिक्रि प्रतिनीधि संघमा पराजुली

बुटवल, २६ जेठ । नेपाल बजार बिक्रि प्रतिनीधि संघको पाँचौं राष्ट्रिय अधिवेशनबाट अध्यक्ष पदमा बुटवलका सूर्यप्रसाद पराजुली निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट फराकिलो मतान्तर सहित उहाँ निर्वाचित हुनु भएको हो । अध्यक्षमा निर्वाचित पराजुलीले ५९१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी रामहरी कोईरालाले १८६ मत प्राप्त गर्नुभएको थियो ।

नेतृत्व चयनकालागि बाँकी सबै पदमा सर्वसम्मत भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र विष्ट निर्वाचित हुनु भएको छ । विष्टले ४७४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी क्रमशः शैलेश न्यौपानेले १६५ र प्रनिलकुमार श्रेष्ठले १२३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै महासचिव पदमा ५१९ मत सहित पदमप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्दी नवराज भुर्तेलले २५४ मत प्राप्त गर्नुभएको थियो । यसबाहेक बाँकी सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । संघको प्रदेश उपाध्यक्षमा १ नं. प्रदेशबाट डिबि बराल, २ नं. प्रदेशबाट निर्मलप्रसाद गुप्ता, ३ नम्बर प्रदेशबाट पुष्पराज अधिकारी, गण्डकी प्रदेशबाट राजन कार्की, ५ नं. प्रदेशबाट बालकृष्ण रेग्मी, कर्णाली प्रदेशबाट मोहनबिक्रम थापा र सुदुरपश्चिम प्रदेशबाट ध्रुवराज कार्की सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

उपमहासचिवमा किरण अधिकारी निर्वाचित हुनु भएको छ भने अर्थ सचिवमा शम्भुलाल श्रेष्ठ, प्रचारप्रसार सचिवमा श्रीराम सिग्देल, अतिरिक्त सचिवमा मानस केसी, श्रम सचिवमा रमण घिमिरे, शिक्षा सचिवमा लक्ष्मणकुमार सिंह ठकुरी र संगठन सचिवमा कृष्ण बुढाथोकी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनले दुई महिला सदस्य, १२ खुल्ला सदस्य र १६ जना प्रदेश सदस्य चिर्वाचित गरेको छ ।

Share This
  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares