बारामा ‘एनबिआर’को राहत तथा स्वास्थ्य शिबिर

650

बारामा ‘एनबिआर’को राहत तथा स्वास्थ्य शिबिर

बुटवल, २३ चैत । सामाजिक सञ्चाल फेसबुक प्रयोग गर्ने युवाहरुको फेसबुक ग्रुप ‘नेपलीज ब्रदर्श रुम’ (एन.बि.आर.)ले राहतकालागि बुटवलमा सहयोग संकलन गरि हावा हुरीबाट प्रभावित भएको बारामा पुगेर राहत वितरण गर्नुका साथै स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

बुटवलमा संकलन गरेको साहत सामाग्रि बोकेर बारा पुगेको उक्त ग्रुपले शुक्रबार र शनिबार फेटा गाउँपालिका वडा नं. १ र ६ मा राहत सामाग्रि वितरण गर्नुका साथै निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हो । नेपलीज ब्रदर्श रुमले वितरण गरेको राहतबाट ३२० परिवार लाभान्वित भएको र स्वास्थ्य शिबिरमा २८० परिवारले स्वास्थ्य परिक्षण गराएको नेपलीज ब्रदर्श रुपका अभियान्ता बुटवल संयोजक राजु टण्डनले जानकारी गराउनु भयो ।

उक्त ग्रुपले १ लाख ३१ हजार रुपैंया बराबरको कपडा, सोलार लाईट, जुत्ता–चप्पल, रुमाल, मञ्जन ब्रस, साबुन लगातका राहत रामाग्रि वितरण गर्नुका साथै शिबिरबाट १ लाख ५० हजार रुपैंया बराबरको औषधी निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बारा र पर्सामा हावाहुरीले ठूलो जनधनको क्षेती भएको खवर पाएपछि राहतकालागि एनबिआरको नेतृत्वमा एमआरआर, दारी ग्याङ्, केएफएफ, एसएन, एक आवाज, बिएफओएन, एमडब्लुआरआर लगायतका ग्रुपहरुले संयुक्त रुपमा सहयोग संकलन गरेका थिए ।