जनसम्पर्क समिति बेल्जियमले स्व.कोईरालाको श्रदान्जली सभा गर्ने

599

जनसम्पर्क समिति बेल्जियमले स्व.कोईरालाको श्रदान्जली सभा गर्ने

ब्रसेल्स/बेल्जियम

नेपालका पुर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शुशील कोईरालाको तेह्रौ पुण्य तिथिको अवसर पारेर नेपाली जनसम्पर्क समिति बेल्जियमले आउदो आइतबारका दिन लुभेन शहरको ओन्ज हाउसमा एक श्रदान्जली शोक सभाको आयोजना गर्ने भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन तथा नेपालको संबिधानका पिताको रुपमा चिनिएका कोईराला एक निष्ठावान, सत्यबादी, लोकतान्त्रीक नेता रुपमा नेपाली जनमानसमा चिनिएका थिए ।

कोईरालाको असमायिक देहावसानले प्रजातान्त्रीक प्रेमी हरुलाई अपुरणीय क्षति पुग्नुको साथै उहाको आत्माको चिर शान्तिको कामना गर्दै बेल्जियम बासी नेपाली र बेल्जियममा क्रियाशील सबै नेपाली संघ सस्था प्रतिनिधी हरुलाई स्वर्गीय आदरणिय सुशील कोईराला प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्न १३ औ पुण्य तिथिका दिन अर्थात फेब्रुरी २१ तारिखका दिनको ठिक एक बजे लुभेनको ओन्ज हाउसमा एक श्रद्धान्जली सभाको आयोजना गरिएको जनाईएको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियम द्वारा आयोजना गरिएको उक्त शोक सभामा, सम्पुर्ण लोकतन्त्र प्रेमी महानुभावहरु, बेल्जियममा रहेका सम्पूर्ण नेपाली संघ-सस्थाका प्रतिनिधीहरु, जनसम्पर्कमा आवद्ध सबै साथीह तथा शुभेच्छुकहरुमा साथै नेपाली दाजूभाई दिदीबहिनीहरुलाई उपस्तिथीको लागी हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम हुने स्थान र ठेगाना
मिति:- २१ फेब्रुअरी २०१६ (आईतबार)
समय:- १३:०० बजे
स्थान:- Goudsbloemstraat 28,3000 Leuven(ONS HUIS)