Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • भ्यालुअर्स एशोसियसन लुम्बिनीमा शैलेन्द्र

    April 7, 2019



    बुटवल, २४ चैत । मुल्यांकनकर्ता ईन्जिनियरहरुको छाता सस्था नेपाल भ्यालुअर्स एसोसिएसन लुम्बिनी च्याप्टरको शनिबार मणिग्राममा सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा ईञ्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा यमलाल पाण्डे, सचिवमा गोविन्द पंगेनी, सह–सचिवमा प्रदिप वन, कोषाध्यक्ष नवसुजित भन्डारी र सदस्यहरुमा विनय पिया, कृष्णप्रसाद पराजुली, सन्तोष पाण्डे, राजेश कोहार, विवेककुमार गुप्ता र सतिशकुमार गुप्तालाई चयन गरिएको छ ।

    अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बिकासकालागि मुल्यांकन कर्ताको महत्व रहेको बताउँदै संस्थाले अगाडी सारेका हरेक काममा साथ सहयोगकालागि आफू तयार रहेको बताउनु भयो ।

    शैलेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भ्यालुअर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ऋषी कोइराला र महासचिब लक्ष्मणबाबु सेढाईले मुल्यांकनका क्षेत्रमा भएका बिधमान समस्या र समाधानका उपायहरुको बारेमा भनाई राख्नुभएको थियो ।

    त्यस्तै एसोसिएसनका सल्लाहकार टंक कंडेल, दुजेन्द्र बस्नेत, सिताराम भक्त, नेपाल इन्जीनियर्स एसोसिएसन प्रदेश नं ५ का अध्यक्ष कुशुम ज्ञवाली, केन्द्रीय सदस्य जीवन अर्यालले यसको आबश्यकता देशको बिकासमा पुर्याएको योगदान, चुनौती र उपयोगिताको बारेमा भनाई राख्नुभएको थियो ।