एलआईसीद्वारा बिमितलाई दावी भुक्तानी

368

एलआईसीद्वारा बिमितलाई दावी भुक्तानी

बुटवल, १९ जेठ । बुटवल उपमहानगरपालिका वडा नं. ११ का गोबिन्दप्रसाद खनाललाई लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बिमा दावी भुक्तानी गरेको छ । खनालकी श्रीमति सरस्वती भट्टराईले साविक बिमा योजना अन्तरगत उक्त कम्पनीको बुटवल शाखा मार्फत १० लाख रुपैंयाको जीवन बिमा गराउनु भएको थियो ।

बिमित सरस्वतीको ८ बैशाख २०७६ मा निधन भएपछि बिमाको दावी भुक्तानीकालागि ईच्छाईएका पति खनालले मृत्यु दावी सहित बिमाको दावी भुक्तानी माग गर्नुभएको थियो । बिमा दावी अनुसार कम्पनीबाट स्वीकृत ११ लाख ४० हजार रुपैंया भुक्तानी गरिएको कम्पनीको बुटवल शाखाका एजेन्सी म्यानेजर हरिषचन्द्र गौतमले जानकारी गराउनु भयो ।

आईतबार एलआईसी नेपाल बुटवल शाखामा एक कार्यक्रमका बिच बिमित सरस्वतीका श्रीमान खनाललाई शाखा प्रवन्धक सूर्यबहादुर जिसी र एजेन्सी म्यानेजर गौतमले ११ लाख ४० हजार रुपैंयाँको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा शाखा प्रवन्धक जिसीले उक्त कम्पनी नेपालमै सर्बोत्कृष्ट रहेको र संसारभर ३० करोड जनताको मन जित्न सफल भएको बताउनु भयो ।