बिरामीको पुरा विवरण राख्न स्याटेलाईट अस्पताललाई आग्रह

858

बिरामीको पुरा विवरण राख्न स्याटेलाईट अस्पताललाई आग्रह

बुटवल, ३१ जेठ । अस्पतालमा उपचारमा आएका बिरामीको पुरा विवरण राख्नकालागि जिल्लाको हव अस्पताल लुम्बिनी अञ्चल अस्पतालले स्याटेलाईट अस्पतालहरुलाई आग्रह गरेको छ । अस्पतालमा उपचार गरेका बिरामीको पुरा विवरणको अभावमा ईपिडिमियोलोजीकालागि समस्या भएको भन्दै अस्पतालले यस्तो आग्रह गरेको हो ।

लुम्बिनी अञ्चल अस्पतालले जिल्लाका स्याटेलाईट अस्पतालका सूचना अधिकारी तथा सम्पर्क व्यक्तिलाई अभिमुखिकरण गर्नुका साथै बिरामीको पुरा विवरण राख्नकालागि आग्रह गरिएको रुपन्देहीको हव अस्पताल (लुम्बिनी अञ्चल अस्पताल बुटवल)का सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

गत वर्ष रुपन्देहीमा डेंगुको महामारी भएको थियो । त्यस समयमा उपचारमा आएका बिरामीको पुरा विवरण नभएकाले कुन ठाउँका कुन समुदायका लगायतका कुराहरु छुट्याउन समस्या भएको उहाँको भनाई छ । उहाँका अनुसार बिरामीको सहि तथा पुरा विवरणले बिरामीको सुरक्षा तथा कुनै मुद्धा मामिला गर्नुपरेपनि सहि प्रमाण हुने भएकाले अस्पतालहरुले बिरामीको पुरा विवरण राख्नुपर्ने र स्वयम् बिरामीले पनि सहि र पुरा विवरण दिँदा राम्रो हुनेछ ।

स्याटेलाईट अस्पताललाई बिरामीको सहि तथा पुरा नाम, पुरा ठेगाना र रोग सहित उपचार प्रकृयाको विवरण दुरुस्त राख्न आग्रह गरिएको थियो । अघिल्लो वर्ष सर्च एण्ड डिष्ट्रोयडको काम ढिला भएको र समयमा किटको व्यबस्थापन हुन नसक्दा डेंगुले महामारीको रुप लिएको हो । रुपन्देही जिल्लामा अघिल्लो वर्ष भदौको अन्त्यतिर मात्रै सर्च एण्ड डिष्ट्रोयडको काम सुरु भएको थियो भने त्यसैको पाठ सिकेर यो वर्ष समयमै डेंगुबाट बंच्नेगरी तयारी थाल्ने अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

अंघिल्लो वर्ष रुपन्देही जिल्लामा कात्तिकको दोस्रो सातादेखि सुरु भएको डेंगुको संक्रमणका ९३७ जना बिरामी भएका थिए । बिरामीको उपचारसंगै सम्बन्धित रोगको निदानकै लागि पनि अध्ययन गर्न पुरा विवरण आवश्यक भएकाले सबै स्याटेलाईट अस्पतालमा बिरामी तथा उसको रोगको पुरा विवरण राख्न लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले आग्रह गर्नुभयो ।