विश्व वातावरण दिवसमा स्काइलार्क द्वारा सचेतना ¥याली

1K

विश्व वातावरण दिवसमा स्काइलार्क द्वारा सचेतना ¥याली


कपिलवस्तु , २२ जेठ ।  विश्व वातावरण दिवसको अवसरमा स्काइलार्क इग्लिस बोर्डिङ स्कुल वाणगंगा ११ ओदारीले सचेतना ¥याली कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको यो वर्षको नारा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ तय गरेकाले वातावरण संरक्षण सम्बन्धि प्ले कार्डहरु सहित विद्यार्थीले विद्यालयबाट ¥याली सुरु गरि ओदारी बजार मर्थि नगवा हुँदै पुनः विद्यालय प्रांगणमा पुगि कोण सभा कार्यक्रम सम्पन्न भएको थियो । प्रहरी कार्यालय ओदारीका प्रमुख गोविन्द कुवँरले विद्यार्थीहरुलाई कुचो, हँसिया, डस्वीन हस्तानतरण गरि सो कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमको सुभारम्भ गर्दै कुँवरले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदार लगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने बताउनु भयो । विद्यालयका अध्यक्ष डुम्रेले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेकाले विद्यालयले पनि विद्यार्थीलाई सो को जानकारी गराउने उदेश्यले सचेतना ¥याली गरिएको बताउनु भयो । साथै विद्यालयले दशकौँ लामो शैक्षिक अनुभव हासिल गरेका शिक्षा विदहरुको लगानीमा नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएपछि उल्लेख्य शैक्षिक उपलब्धी हासिल गरेको बताउनु भयो ।

सचेतना ¥याली कार्यक्रममा शैक्षिक क्रियाकलाप संयोजक धु्रब पौडेल, सहायक प्राचार्य मदन मल्ल, लेखापाल पशुपति शुक्ला, शिक्षक टेक बहादुर केसि, विक्रम पोख्रेल, स्थानिय व्यक्तित्व लगायत कक्षा ८, ९ र १० का गरि झण्डै १५० जनाको सहभागितामा ¥याली कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयले दशकौँ लामो शैक्षिक अनुभव हासिल गरेका शिक्षा विदहरुको लगानीमा नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएपछि उल्लेख्य शैक्षिक उपलब्धी हासिल गरेको छ ।