बुटवल बहुमुखी क्याम्पसमा बिपी कप क्रिकेट प्रतियोगिता शुरु

719

बुटवल बहुमुखी क्याम्पसमा बिपी कप क्रिकेट प्रतियोगिता शुरु

बुटवल, माघ । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा आईतबारदेखि ‘बिपी कप–२०७४’ क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बुटवल बहुमुखी क्यामपसको खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले स्वास्थ्य र राष्ट्रकालागि खेलकुद महत्वपूर्ण भएको बताउनु भयो । नेपाल बिद्यार्थी संघका बारेमा धारणा राख्दै उपाध्यक्ष रानाले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

इकाई सभापति दिनेश पौडेलको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेल, महासचिव बुद्धबहादुर थापा, प्राध्यापक प्रेम पौडेल, प्रतियोगिताका संयोजक दिवस न्यौपाने, उपसभापति ऋषि भण्डारी लगायतले भनाई राखेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा कालिका माविलाई पछाडी पार्दै मणिमुकुन्द कलेजले जित हात पारेको छ । त्यस्तै दोस्रो खेलमा सिसिटीलाई पछि पार्दै तिलोत्तमा ए ले जित हात पारेको छ । प्रतियोगितामा मणिमुकुन्दका निलेश थापा र तिलोत्तमा ए का सुनिल गाहा म्यान अफ द म्याच भए ।