ईन्द्रेणी गजल–२ को विमोचन हुँदै

772

ईन्द्रेणी गजल–२ को विमोचन हुँदै

बुटवल, ९ पुस । गजल संग्रह ईन्द्रेणी–२ को भोलि आईतवार विमोचन गर्ने तयारी गरिएको छ । देशभरका २० जगलकारका सय गजलहरु समेटिएको ईन्द्रेणी गजल संग्रह–२ को बिमोचनको उज्यालो लान्टिन प्रतिष्ठान तयारी गरेको हो ।

प्रतिष्ठानले आज बुटवलमा पत्रकार सम्मेलन गरी विमोचन बारे जानकारी दिइएको हो । नमस्ते नेपाल प्रेस बागबजारले मुद्रक गरेको गजल ईन्द्रेणी २ लाई दीप मिलन, राम कंडेल, रोहित राना, सरोज सर्वहारा र सुमित्रा अधिकारीले प्रकाशनमा ल्याउनु भएको हो ।

गजल छनोट गरी उत्कृष्ट गजललाई प्रकाशन गरिएको उज्यालो लान्टिन प्रतिष्ठानका अध्यक्ष अमृत लम्सालले बताउनु भयो । उज्यालो लान्टिन प्रतिष्ठान साहित्यसंगै सामाजिक काम गर्दै आएको सामाजिक संस्था हो । गजल विमोचन कार्यक्रममा हेम प्रभास र खेम थापाको विशेष कविता बाचक समेत रहने बताइएको छ ।

बुटवलको होटल कस्तुरीमा दिउसो १२ बजे देखि हुने कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयाजक अभिषेक तिवारीले बताउनुभयो ।