डा. केसीका मागमा समर्थन गर्दै बुटवलमा तरुणदलको प्रदर्शन

515

डा. केसीका मागमा समर्थन गर्दै बुटवलमा तरुणदलको प्रदर्शन

बुटवल, ९ साउन । सत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले बुटवलमा प्रदर्शन गरेको छ । नेपाल तरुण दल क्षेत्र नं. २ रुपन्देही र बुटवल नगर समितिको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको हो ।

बुटवलको बीपि चोकबाट सुरु भएको प्रदर्शन अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले सत्याग्राही डा. केसीले उठाएका माग आम नेपाली नागरिकका माग भएकाले सरकारलाई गम्भिर हुन र डा केसीको जीवन रक्षा सहित माग सम्बोधनकालागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डा. ईन्द्र ढकाल, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेल, तरुण दल क्षेत्र नं. २ का सभापति हसन्त लामा, बुटवल नगर समितिका सभापति सुजन पुन लगायतले जसरी भएपनि सरकारले डा. केसीले उठाएका माग पुरा गर्नुपर्ने बताएका थिए ।