Wednesday 20th February 2019
  • New title for a=>html, img=>alt
  • बुटवलको चन्दन फार्मेसीमा प्रहरीेको छापाःडाक्टरको प्रेप्किप्सन बिना नै नशाको औषधी बिक्रि

    February 9, 2019



    बुटवल, माघ । बुटवल उपमहानगरपालिका वडा नं. ६ अस्पताललाईनको चन्दन फार्मेसी (औषधी पसल)मा प्रहरीले छापा मारेको छ । प्रतिमा केसीको नाममा सञ्चालित उक्त औषधी पसलमा प्रतिवन्धित औषधी बिक्रि वितरण हुने सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

    छापा हान्दा डाक्टरको प्रेप्किप्सन बिना नै नशाको औषधी बिक्रि वितरण पाईएकोले त्यस्तो औषधी खरिद गर्ने तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो । त्यस्तै त्यस फार्मेसीका सञ्चालकलाई पनि प्रहरीले बोलाएर छलफल गरेको छ । त्यस अवसरमा औषधी पसल सञ्चालकले आफूलाई त्यस विषयमा थाहा नभएको बताएपनि औषधी पसल सञ्चालन गर्ने व्यक्तिले त्यस सम्बन्धि जानकारी हुनु पर्ने विषयमा सम्झाएको उहाँले बताउनु भयो ।

    प्रहरीले छापा मार्दा उक्त औषधी पसलबाट न्यूरोलिन १ हजार ६४० ट्यावलेट र स्पामिन २ हजार ७३० ट्यावलेट बरामद गरिएको उहाँले बताउनु भयो । त्यसरी बिक्रि हुने औषधी प्रयोग कर्ताले औषधीलाई कम्माईन गराएर लागु औषधको रुपमा प्रयोग गर्ने गरेको पाईएको पनि प्रहरी नायव उपरिक्षक मल्लले जानकारी गराउनु भयो ।


    ती औषधी नेपालमा प्रतिवन्धित नभएको र डाक्टरको प्रेप्किप्सन बिना बिक्रि वितरण गरेकाले कारवाहीका लागि औषधी व्यबस्था विभागमा पठाईने र विभागको व्यबस्था अनुसार विभागले नै कारवाही गर्ने उहाँले बताउनु भयो ।