बुटवल मण्डपमा ‘क्यान ईन्फोटेक’को तयारी

434

बुटवल मण्डपमा ‘क्यान ईन्फोटेक’को तयारी


बुटवल, माघ । बुटवलमा फाल्गुण ३ गतेदेखि ७ गतेसम्म संचालन हुने आठौ क्यान ईन्फोटेकको तयारी तिव्र पारिएको छ । क्यान महासंघ रुपन्देहीले प्रचार प्रसार लगायतका कामलाई पनि अंगाडी बढाएको छ ।
मेलालाई सफल बनाउनकालागि आईतबार मेला स्थल बुटवल मण्डपमा सरोकारवालासंग छलफल गरिएको छ । सहभागि ब्यबसायीक तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधीले मेलाले बुटवलमा मात्र नभइ प्रदेश ५ लाइ नै सुचनाप्रबिधीमा अघि बढाउन मद्धत गर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष नारायण श्रेष्ठले मेलाले पु¥याउने योगदान र यससंग जोडिएका बिषयबस्तुका बारेमा जानकारी गराउनु भएको थियो । ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, सिसिटिभी तथा सुरक्षाउपकरण, पावर सोलुसन्स्, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रब्यूर्टस, टेलिकम्यूनिकेशनस्, इन्टरनेटसेवा प्रदायक, सफ्टवेयर सोलुसन्स लगायतका करिव १५० स्टल रहेने छन् ।
दुई लाख सर्वसाधारणहरुले इनफोटेक अवलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रवेशकालागि ५० रुपैंयाँ टिकट शुल्क निर्धारण गरिएको क्यान महासंघ रुपन्देहीका सचिव बिरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।