Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • बुटवलमा लनटेनिस प्रशिक्षण सुरु

    November 25, 2018


    बुटवल,मंसिर । बालबालिकाको क्षेत्रमा काम गर्ने किवानिज क्लव अफ सेन्ट्रल बुटवलले लनटेनिसका खेलाडी बालबालिकालाई कोरियन प्रशिक्षकबाट एक हप्ताको प्रशिक्षण सुरु गरेको छ । बालबालिकालाई लागु औषध दुव्र्यसनीमा फस्नबाट रोक्नकालागि खेलकुदको नसा दिनकालागि बिशेषगरी १४ वर्ष मुनीका बालबालिकालाई प्रशिक्षण दिईने क्लवका अध्यक्ष बालकृष्ण अर्यालले बताउनु भयो ।

    उक्त प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रदेश पाँचका प्रदेश सभा सदस्य बसन्त घर्तीले सोँच र संस्कार पुरानै भएका कारण खेलकुदका क्षेत्रमा पनि प्रयाप्त उपलब्धि हासिल गर्न नसकिएको बताउनु भयो । खेलकुदको बिकासमा सामाजिक संघसंस्थाले गरेको मेहनतले सरकारलाई नै फाईदा पुगेको बताउँदै सामाजिक संघसंस्थालाई अझै सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।

    एक हप्ते प्रशिक्षण उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल लनटेनिस क्वलका अध्यक्ष गोपाल ज्ञवाली, भुवनसिंह विश्वकर्मा लगायतले भनाई राख्नुभएको थियो । किवानिज क्लवको निमन्त्रणामा कोरियाका राष्ट्रिय प्रशिक्षक चोङ् रियल चोईले एक हप्ताको प्रशिक्षण गरि थप प्रशिक्षणकालागि कोरिया लैजान खेलाडी छनौट गर्नुहुने छ । छनौटमा परेका बालबालिकालाई कोरिया लगेर १५ दिनको प्रशिक्षण गरि लिगका खेल खेलाएर फर्काउने क्लवका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
    बुटवल लनटेनिस क्वलको कालिकानगर स्थित कोर्टमा भएको प्रशिक्षण तथा छनौटमा रुपन्देहीका १४ वर्ष मुनिका जुनियर लनटेनिस खेलाडी सहभागि भएको किवानिज क्वलका सचिव मनोज रानाले बताउनु भयो ।