बुटवलको फूलबारीमा फोटो प्रदर्शनी शुरु

1.4K

बुटवलको फूलबारीमा फोटो प्रदर्शनी शुरु

बुटवल, ५ जेठ । बुटवलको फुलबारी तथा मणिमुकुन्द सेन पार्कमा प्रदेश स्तरीय फोटो प्रदर्शनी शनिबार देखी शुरु भएको छ । पाँच नम्बर प्रदेशलाई फोटोको माध्यामबाट देश विदेशमा चिनाउने गरी आयोजना गरिएको फोटो प्रदर्शनीमा प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक फोटा रहेका छन् । बुटवलको जितगढीदेखि बदिया राष्ट्रिय निकुञ्जको एकसिगे गौडासम्म गरि १५० फोटो राखिएको छ ।

दुई दिनसम्म चल्ने फोटो प्रदर्शनीको शनिबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्धाटन गर्दै प्रदेशका फोटाले आन्तरिक र वाह्य पर्यटक भित्र्याउन मद्धत पु¥याउने बताउनु भयो । पाँच नम्बर प्रदेशमा पर्यटनको राम्रो सम्भावना भएको उल्लेख गर्दै पर्यटनका माध्यमबाट समृद्धि सम्भव रहेको उहाँले उल्लखे गर्नुभयो । त्यस्तै प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले सम्भावना बोकेको पर्यटन क्षेत्रको बिकासकालागि प्रदेश, केन्द्र र स्थानीय तहले समन्नय गरेर काम गर्नु पर्ने धारणा राख्नुभयो ।

दुई दिनसम्म चल्ने उक्त प्रदर्शनी अवलोकनका लागि टिकट निःशुल्क गरिएको छ । बुद्ध वल्ड राइडर्स नेपालको आयोजनामा देशका विभिन्न स्थानमा रहेका पयटकीय स्थलहरु भ्रमणका लागि काठमाण्डौबाट हिडेको १२५ जनाको भ्रमण टोलीले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।

मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहनगरपलिकाका मेयर शिवराज सुवेद, चिनको बाउची नगरपालिका उपमेयर मिस्टर मयुन, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, बुद्ध वल्ड राइडर्स नेपालका अध्यक्ष माधव शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही पुर्व अध्यक्ष दिपक ज्ञवाली, पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष भुवन कार्की लगायत भनाई राखेका थिए ।