सामाजिक सुरक्षा कोष : सिएहरुलाई कार्यशाला

654

सामाजिक सुरक्षा कोष : सिएहरुलाई कार्यशाला

बुटवल, १५ बैशाख । प्रदेश पाँचका चार्टर्ड एकाउन्टेन्ट (सि.ए) हरुकालागी सामाजिक सुरक्षा कोष तथा श्रम ऐनको बारेमा प्रशिक्षणात्मक गोष्ठि गरिएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही च्याप्टरको आयोजनामा रुपन्देहीको तिलोत्तमामा गोष्ठि आयोजना गरिएको हो । गोष्टीमा १७ जना सिएहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही च्याप्टर संयोजक सिए प्रेम भुर्तेलले आफ्ना सिए सदस्यहरुकालागी क्षमता अभिबृद्धिकालागी उक्त गोष्टीको आयोजना गरिएको बताउनुभयो । गोष्टीमा सिए मधु पोखरेलले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सिए रुपेश कुमार महेश्वरी, सिए शिवहरी शर्मा, सिए यसोधन पाण्डे लगायतले बोल्दै यस्ता कार्यक्रमले सिएहरुको काम गर्ने क्षमतामा निखारता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।