Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • साहित्य

    गजल

    सरला भण्डारी हसिँलो त्यो मुहार तिम्रो मन्द मुस्कान छर्दै मिठासरुपी स्वादहरु पदमार्गमा छर्दै पर्खाईको लामो घडी विति गए जावोस् परेलीमा सजाई राखेँ अश्रुधारा झार्दै ।। तिम्रो यादले सताउँछ हिजो भन्दा आज मुटु भित्र पुजी राखे अव तिम्लाई राजा जुग पछि मिलन भयो सपना जस्तो लाग्ने सहज बन्छ यात्रा अव हातेमालो गर्दै ।। मिलन हाम्रो सपना

    ‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

    काठमाडौँ। यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा आज पुरस्कृत हुनुभएको छ । मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो । पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति रु एक

    पैतीसौँ नेपाल भाषा साहित्य सम्मेलन सुरु

    भक्तपुर, ७ कात्तिक । नेपाल भाषा एवम् साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा आजबाट दुईदिने नेपाल भाषा साहित्य सम्मेलन सुरु भएको छ । नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुरमा ३५ वर्ष अगाडिदेखि आयोजना गर्दै आएको साहित्य तःमुंज्यामा यसवर्ष भूकम्प प्रभावित जनताको पीडा, भारतीय नाकाबन्दीले सिर्जना गरेको समस्याका बारेमा साहित्यमार्फत जनतालाई जानकारी गराइएको छ । सम्मेलनको

    फेरि एक्लै

    घरको भित्तामा झुन्डिएको फ्रेममा बैंसका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन् बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू आँगनछेवैको बाँसघारीमा कलकलेको एउटा संगठन कलकल गरिरहेकै हुनेछ तर हुने छैन त्यहाँ सिर्फ एउटा मानिस। सधैंको जस्तै पश्चिमतिर जानेछ घाम फर्किनेछन् जंगल गएका गाईबस्तुहरू फर्किनेछन् हँसिया, कोदालो लिएर बारीमा गएका पर्मेलीहरू फर्किनेछन् स्कुल वा कलेज गएका नातिनतिनाहरू तर फर्किने छैन त्यहाँ

    साहित्यतर्फको नोबेल पुरस्कार अलेकस्विचलाई

    एजेन्सी,२१असोज/यस वर्षको साहित्यतर्फको नाबेल पुरस्कार बेलारुसकी लेखिका  स्वेतलाना अलेकस्विचलाई दिइने भएको छ। उनको लेखनले धेरै विषयमा समकालीन विश्वको पीडा र साहसको प्रतिनिधत्व गर्ने बताउँदै नोबेल पुरस्कार समितिले बिहिबार उनलाई पुरस्कार दिने घोषणा गरेको हो।६७ वर्षिया अलेकस्विचले राजनीतिक विषयमा बढी कलम चलाउँछिन्। सन् १९४८मा युक्रेनमा जन्मिएकी उनी पछि बेलारूसमा बसाइँ सरेकी थिइन्। पढाइ सकेपछि उनले पत्रकारिता

    अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सुरु भएको छ । सो सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । राष्ट्रकवि घिमिरेले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एनआरएनको ठूलो भूमिका रहेको बताउनुभयो