Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • ताजा खबर

    आत्महत्याको प्रमुख कारण मानसिक बिमार

    बुटवल, २७ भदौ । विश्वमा पछिल्लो सयम आत्महत्या गर्नेको संख्यामा निकै बढ्दै गएको छ । अहिले विश्वामा आत्महत्याको बृद्धिदर वार्षिक १३ प्रतिशत छ । विश्वमा हाल बार्षिक १ करोड ६० लाखले आत्महत्याको प्रयास गर्दछन् भने ८ लाख आत्महत्याकै कारण मृत्यु हुन्छ । नेपालमा भने वार्षिक ७ हजार जनाले आत्महत्याको प्रयास गर्ने गर्दछन् । नेपालको तथ्यांकले

    नवलपुरमा कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप

    चितवन, २३ भदौ । छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ । क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन यहाँ पठाउने गरिन्छ । ती कैदीबन्दीको

    प्रतिवेदनले मात्रै शिक्षाको सुधार गर्दैन : मन्त्री बराल

    बुटवल, २३ भदौ । प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले महिनै पिच्छे आयोग बनाउने र प्रतिवेदनको थुप्रो लगाएर शिक्षामा प्रतिफल हासिल गर्न नसकिने बताउनु भएको छ । उहाँले चार÷चार महिनमा शिक्षा सम्वन्धि प्रतिवेदन तयार पारेर शैक्षिक सुधारको अपेक्षा गर्नु निरर्थक हुने बताउनुभयो । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रिय

    लुम्बिनी वाङ्मयद्वारा चित्रकला तथा मूर्तिकला प्रदर्शनी

    बुटवल, २३ भदौ । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार दीप बोर्डिङ हाई स्कूल बुटवल–८, सुख्खानगरको सभाहलमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी–२०७५ एवम् कार्यपत्र प्रस्तुत तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देही र यस क्षेत्र आसपासमा रहेर चित्रकला र मूर्तिकलामा लामो समयदेखि लागिरहेका २४ जना चित्रकार र मूर्तिकारका सिर्जनाहरू प्रदर्शन गरिएको थियो भने वरिष्ठ

    प्रेस स्वतन्त्रता माथिका चुनौतीको सामना काँग्रेसले गर्छ : सभापति देउवा

    बुटवल, २३ भदौ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता माथि आउने हरेक चुनौतीलाई नेपाली काँग्रेसले सामना गर्ने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको र संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको व्यबस्था गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो–‘स्वतन्त्र पत्रकारिता माथि आउने हरेक चुनौतीलाई नेपाली काँगेसले सामना गर्छ ।’

    पाल्पामा व्यबसायिक बन्दै आरन पेशा

    पाल्पा, २१ भदौ । रिब्दीकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउन थालेको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन पेशा छाड्न थालेपछि गाउँपालिकाले व्यावसायिकरूपमा आरन सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने कृषि औजार प्रयोगमा उत्साह थप्दै किसानलाई सेवा र

    फेसबुक सञ्जल एन.बि.आर.द्वारा अपाङ्ग आश्रममा तीज कार्यक्रम

    बुटवल, २१ भदौ । विश्वभरी छरिएर रहेका नेपाली युवा–युवतीको फेसबुक सञ्जाल (नेपलीज ब्रदर्श रुम, एन.बि.आर.) तेस्रो बार्षिकोत्सव तथा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको समेत अवसर पारेर बुटवल देवीनगर स्थित नेपाल अपाङ्ग आश्रममा दर खाने कार्यक्रम गरेको छ । सञ्चालनले दर खाने कार्यक्रम सहित रमाईलो तीज कार्यक्रम समेत गरेको थियो । त्यसअवसरमा संस्थाको बारेमा जानकारी

    रुपन्देही सम्पर्क सहकार्य समाज ईजरायलको तीज मिलन कार्यक्रम

    बुटवल, २१ भदौ । बिभिन्न सामाजिक गतिबिधि तथा संघसंस्थालाई सहयोग गर्दै आईरहेको रुपन्देही सम्पर्क सहकार्य समाज ईजरायलले नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा बिहिबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ । रोजगारीको सिलसिलामा ईजरायल गई स्वदेश फर्केका महिलाहरुको सक्रियतामा सांस्कृतिक पर्वको जगेर्ना, संरक्षण र सवद्र्धन गर्ने उद्देश्यले तीज मिलन कार्यक्रम गरिएको समाजकी सचिव वीनिता ज्ञवालीले

    न्यू लुम्बिनी ब्याडमिन्टन क्लवमा बोनिन पिया

    बुटवल, २० भदौ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लव बुटवलको सम्पन्न दोस्रो अधिवेशनले बोनिन पियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । १५ सदस्यीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी, उपाध्यक्षमा नरेश श्रेष्ठ, महासचिवमा जीवन काफ्ले, कोषाध्यक्षमा बासु श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । अधिवेशनको अवसर पारेर क्लवले आन्तरिक प्रतियोगिता समेत सञ्चालन गरेको थियो । क्लबमा

    असोज १९ गतेबाट बुटवलमा औद्योगिक प्रर्दशनी

    बुटवल २० भदौ । स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ असोज १९ गतेबाट २८ गते सम्म बुटवलमा ओद्योगिक प्रर्दशनी हुने भएको छ । प्रर्दशनीमा ४ सय स्टल सहभागी गराईने छ । साना व्यवसायी र उद्योगीहरुका सामनहरुको प्रदर्शन गर्नुका साथै नेपालीहरुको महान पर्व दशैको मुखमा हुन लागेको मेलाबाट दर्शकले दैनिक