Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • विश्व

    दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त

    सोल, २७ फागुन । दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ । उहाँलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो । इजलाशको नेतृत्व गर्नुभएका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । कानुनतः अदालतको

    उत्तर कोरियाद्वारा आणविक क्षेप्याश्त्र परीक्षण

    सोल, २३ फागुन । उत्तर कोरियाले फेरी एकपटक चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्याश्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षण प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । उक्त चार वटै मिसाइल करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चार मध्ये तीनवटा मिसाइलहरु जापानी सागरमा अवस्थित, जापानले आफ्नो निर्बाध आर्थिक प्रयोजनका लागि उपयोग गर्दै आएको

    प्यालेस्टाइनीको मृत्यु

    जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ । नाम नखुलाइएको एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेको र इजरायली सैनिकले गरेको जवाफी कारबाहीमा उनको मृत्यु भएको जनाइएको

    माओवादी नेता नारायणकाजी श्रेष्ठ पोर्चुगल आउने

    भरत प्रधान/ पोर्चुगल, १७ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश युरोपेली मूलुक पोर्चुगल आउनु हुने भएको छ । पार्टीको प्रवासी सँगठन नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अधिवेशनमा सहभागी हुन नेता श्रेष्ठ यहाँ आउन लाग्नुभएको हो । यही ११ मार्च शनिबारका दिन हुने मञ्चको पाँचौ अधिवेशनलाई सम्बोधन गर्न नेता श्रेष्ठ लिस्बन आउने कार्यक्रम तय

    ट्रम्प मेरो राष्ट्रपति होइन !

    न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् । न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका

    टेक्सासमा फेरि जुलुस प्रदर्शन

    हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका

    पाकिस्तानमा चार दिनमा सात विस्फोट

    इस्लामाबाद, ६ माघ । पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् । यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ । पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो

    फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

    फिलिपिन्स, १ फागुन । दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो ।

    चीनमा भूकम्प

    कुन्मिङ्ग, २७ माघ । चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भूकम्पको

    पाकिस्तानमा भूकम्प

    पाकिस्तान, २६ माघ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट