Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • विश्व

    फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

    फिलिपिन्स, १ फागुन । दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो ।

    चीनमा भूकम्प

    कुन्मिङ्ग, २७ माघ । चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भूकम्पको

    पाकिस्तानमा भूकम्प

    पाकिस्तान, २६ माघ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट

    भारतमा भूकम्प

    नयाँदिल्ली, २५ माघ । भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु रुद्रप्रयाग जिल्लाको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वमा रहेको जनाइएको छ । उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रदेशहरु र देशको राजधानी दिल्लीमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ

    फ्रान्सकी युवती यस वर्षकी विश्व सुन्दरी

    मनिला, १७ माघ । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए । दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस

    कुवेतमा राजपरिवारका सदस्यलाई मृत्युदण्ड

    कुवेत सिटी, १२ माघ । विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला आज कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय

    भारतमा उच्च सुरक्षा सतर्कता

    नयाँदिल्ली, १२ माघ । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गणतन्त्र दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्का गर्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् । राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ । “हामीले गणतन्त्र दिवस समारोहलाई

    मलेसियामा डुङ्गा दुर्घटना

    क्वालालम्पुर, ११ माघ । मलेसियामा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अन्य २५ जना हराइरहेका छन् । मृतकहरुको शव तान्जुङ लेमन सामुन्द्रिक तिरमा भेटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । “मृतकमध्ये दुई जनाको शव सुरक्षाकर्मीले पछि भेटाएका छन्, ती दुवैजना पुरुष छन्, उनीहरु इन्डोनेसियाली नागरिक भएको हुनसक्ने विश्वास गर्न सकिन्छ,” एक

    तान्जानियामा नेपाली समाज गठन

    बुटवल, ११ माघ । अफ्रिकी मुलुक तान्जिानियामा रहेका नेपालीहरुले सहकारी संस्था गठन गरेका छन् । विभिन्न उदाहरणिय काम गदै आएको तान्जानियाको आरुशा स्थित प्रबासी नेपालीहरु फेरि एकजुट भएर नेपाली समाज तान्जानिया गठन गरका हुन् । नेपाली समाज तान्जानिया नामक सहकारी संस्थाको अध्यक्षमा धनबहादुर सारु रहनु भएको छ । समितिको उपाध्यक्षमा दुर्गाबहादुर सिन्जाली, सचिवमा पासाङ शेर्पा,

    गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

    बन्जुल, १० माघ । पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो । पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा