चार्टर्ड एकाउन्टेन्टहरुकालागी एडभान्स एक्सेल तालिम

528

चार्टर्ड एकाउन्टेन्टहरुकालागी एडभान्स एक्सेल तालिम

रेनुका गिरी / बुटवल, २५ असार । रुपन्देहीका विभिन्न प्रतिष्ठान तथा लेखा ब्यवसायमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरुकालागी एडभान्स एक्सेल तालिम नयाँमिलमा सम्पन्न भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाको आयोजनामा भएको तालिम कार्यक्रमको सिए मनोज काफ्लेले सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा रुपन्देहीका २३ जना चार्टर्ड एकाउन्टेन्ट्को सहभागिता रहेको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाका अध्यक्ष सिए प्रेम भुर्तेलले विभिन्न प्रतिष्ठानका सदस्य सिएहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उंहाले आगामी दिनमा पनि क्षमता अभिवृद्धि गर्ने खालको तालिम कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

तालिम कार्यक्रममा सिए प्रताप कर्माचार्य, शाइन रेसुंगा विकास बैंकका एजिम सिए यशोधन पाण्डे, सिए छबिलाल पोख्रेल लगायतले सिएहरुको क्षमता अभिवृद्धि गर्नमा तालिम फलदायी हुने बताउनु भयो ।