Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • गुणस्तरीय हस्पिटालिटी सेवा सहित ‘सेफ गार्डेन’

    December 22, 2018



    बुटवल, पुस । पर्यटन प्रवद्र्धनकालागि गुणस्तरीय हस्पिटालिटी सेवा प्रवाह गर्नेगरी बुटवलमा सेफ गार्डेन रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालन गरिएको छ । यस क्षेत्रका ७ जना युवा उद्यमीहरुको संयुक्त लगानीमा बुटवलको राजमार्ग चौराहामा उक्त हस्पिटालिटी सेवा शुभारम्भ गरिएको हो ।

    गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्ने गरी यसै क्षेत्रमा रहेर सरकारी सेवा, उद्योगमा सफल तथा हस्पिटालिटी (होटल म्यानेजमेन्ट) मा डिग्रि हासिल गरेका व्यक्तिहरु बालकृष्ण पौडेल, करुण खनाल, प्रकाश थापा, राजेश बराल क्षेत्री, श्रीप्रसाद भट्टराई, प्रभात निश्चल गिरी र सुमित रिजाल गरी ७ जनाको सामुहिक २ करोड भन्दा बढी लगानी रहेको सेफ गार्डेनका अध्यक्ष बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।

    उक्त सेफ गार्डेन रेष्टुरेन्ट एण्ड क्याफेको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष हमालले मुलुकको समृद्धिकालागि लगानी अपरिहार्य रहेको र नीजि क्षेत्रको लगानी सुरक्षा हुनेगरी लगानी मैत्री वातावरण बनाउन सरकारसंग माग गर्नुभयो ।

    उहाँले होटल तथा रेष्टुरेन्ट व्यबसायमा रात्रीकालिन सेवा प्रवाहकालागि व्यबसायीले सुरक्षाको पूर्ण प्रत्याभूति गर्नेगरी वातावरण बनाउन समेत प्रहरी प्रशासन समक्ष माग गर्नुभयो ।
    बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्न पछि लुम्बिनीमा आउने पर्यटकलाई समेत लक्षित गरेर हस्पिटालिटी सेवाको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्धनमा योगदान गर्नकालागि होटलमा लगानी गरिएको सञ्चालक करुण खनालले बताउनु भयो ।

    बुटवल प्रदेशको राजधानी बनेसंगै मानिसहरुको आवतजावत चलायमान भएको र पूर्वपश्चिम तथा उत्तरदक्षिणको ट्रान्जिक्ट पोईन्ट समेत भएकाले लगानीको सम्भावना देखिएकाले लगानी गरेको बताउँदै लगनीको सुरक्षा र व्यबसाय प्रवद्धन हुनेगरी नीति निर्माण गर्न समेत उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

    अध्यक्ष पौडेलले गुणस्तरीय खाना नास्ता, चुस्त सेवा प्रदान गरिने बताउँदै सेमिनार लगायतका कार्यक्रममा समेत वातानुकुलित हलको व्यबस्था गरिएको जानकारी गराउनु भयो ।