बुटवलमा अन्तर माबि स्तरीय छात्रा भलिवल सुरु

बुटवलमा अन्तर माबि स्तरीय छात्रा भलिवल सुरु

बुटवल, १० जेठ । जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा बुटवलमा नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका ८ वटा माबिका ८ टिम सहभागि छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी र देशकालागि ठूलो योगदान पु¥याएका नेताको नाममा सञ्चालन गरिएको यो प्रतियोगिताको निरन्तरताले गीरिजाप्रसाद कोईराला र उहाँको योगदानलाई जिवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो । यो प्रतियोगितालाई निरन्तरता दिन पनि उहाँले प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पूर्वप्रधानमन्त्री गीरिजाप्रसाद कोईरालाले मुलुककालागि ठूलो योगदान गरेकाले उहाँको सम्मान र खेलको निरन्तरताकालागि सहयोग गरिएको बताउँदै प्रतियोगिताको निरन्तरताको कामना गर्नुभयो । ज्ञानोदय माध्यमिक बिद्यालयको प्राङगढमा भएको प्रतियोगितामा कान्ति माध्यमिक बिद्यालय, ज्ञानोदय माध्यमिक बिद्यालय, एभरेष्ट माध्यमिक बिद्यालय, दीप बोर्डिङ, न्यू होराईजन माध्यमिक बिद्यालय, नयाँगाउँ माध्यमिक बिद्यालय, तिनाउ बोर्डिङ र लुम्बिनी बोर्डिङ्को टिम प्रतिस्पर्धामा छन् ।

प्रतियोगिताको विजेतालाई १० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई ७ हजार ५ सय तथा तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतिष्ठानकी सदस्य तथा प्रतियोगिताकी संयोजक बालकुमारी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरी, बुटवल नगर सभापति खेलराज पाण्डे, खेलकुद बिकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, बिमलराज भट्टराई, प्रतिष्ठानका महासचिव परमानन्द भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगिता शनिबार सकिने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानोदय माविलाइ सोझो सेटमा हराउदै एभरेष्ट बोडिगं स्कुल बिजयी भयो । होराइजन र लुम्बिनी बोर्डिङ् बिचको खेलमा होराइजनले पनि सोझो सेटमै जित निकाल्यो । त्यस्तै दीप बोर्डिङले पनि तिनाउ माविलाइ सोझो सेटमा हरायो । प्रतिस्पर्धी नयाँगाउँ माविको अनुपस्थितीमा वाक ओभरमा कान्ति मावि बिजयी भयो । दोश्रो चरणको खेलमा कान्ति माविलाई हराउदै एभरेष्ट बोर्डिङ् फाइनलमा प्रवेश गरेको छ । होराइजनलाई हराउदै दीप बोर्डिङ् फाइनमा प्रवेस गरेको छ । शनिबार तेश्रो स्थानकालागि होराइजन र कान्ति मावि बिच प्रतिश्पर्धा हुनेछ भने उपाधीकालागि दीप र एभरेष्ट भिडने रेफ्री रामबहादुर थापाले बताउनु भयो ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares