‘दाल भात तरकारी’ दर्शक खोज्दै देश दौडाहामा

604

‘दाल भात तरकारी’ दर्शक खोज्दै देश दौडाहामा

बुटवल, ३० चैत । नेपाली चलचित्र ‘दाल भात तरकारी’को बजार प्रवद्र्धनकालागि चलचित्रको टिम देश दौडाहामा छ । मह संचारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको उक्त चलचित्र यहि बैशाख २० गते प्रदर्शन गरिँदै छ ।

चैतको २५ देखि देश दौडाहामा निस्केको चलचित्रको टोली देशका मुख्य मुख्य शहरहरु बिराटनगर, दमक, इटहरी, हेटौडा, नारायणघाट हुँदै शनिबार बुटवल आएको थियो । त्यस्तै टोली नेपालगञ्ज, दाङ्, पोखरा हुँदै काठमाण्डौ फर्किएपछि एकदुई स्थानमा कन्सल्ट गरिने निर्माता किरण केसीले बताउनु भयो ।

उक्त चलचित्रमा सामाजिक कथावस्तुलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको र कामका लागि बिदेश जानेभन्दा पनि नेपालमै रहेर काम गर्ने सन्देश दिने प्रयास गरिएको निर्माता हास्य कलाकार हरिबंश आचार्यले जानकारी गराउनु भयो । ‘हामी नेपालमा काम नदेखेर बाहिर गईरहेका छौं ।’ उहाँले भन्नुभयो–‘तर विदेशीले यहाँ काम देखेर आएका छन् र प्रसस्त पैसा पनि लिएर गएका छन् ।’

उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसीको मुख्य भूमिका रहेको छ । सुदन केसीको निर्देशनमा निर्माण गरिएको चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चिलचित्रको टिमले चलचित्र हेरेर चलचित्रको राम्रा नराम्रा कुराहरु औंल्याईदिन दर्शकहरुलाई आग्रह समेत गरेका छन् ।