Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • पहाडका सम्धि उम्मेदवार- जसले घरमै पहाड–तराई जोडेका छन्

    December 2, 2017


    भैरहवा/बिजय गच्छादार नेतृत्वको लोकतान्त्रीक फोरम काँग्रेसमा बिलय भएपछि उक्त पार्टीका नेता देवि चौधरी पनि निसर्त रुपमा काँग्रेसमा आएका छन ।
    पार्टी एकीकरण हुनु पुर्वको सहमतीमा गच्छादारको कोटाबाट उहाँले रुपन्देही क्षेत्र नं ३ को १ बाट प्रदेस सभाको उम्मेदवार पाएका छन् । चौधरी रुपन्देहीकै स्थायी बासिन्दा हुन् । आदीबासि जनजाती चौधरी परिवारमा जिल्लाको साविक खैरीयामा २०१२ सालमा जन्मीएका चौधरी तराईका अदीबासि मात्र होईन उनको पहाड सगं पनि पारीवारीक सम्वन्ध जोडीएको छ ।
    भतीजी बिनीता चौधरीको बिबाह रसुवाको घलेपरीसगं गरिदिएका छन् । भान्जा सुदीप चौधरीले बिष्णु थापासगं बिबाह गरेका छन् । दाजु सगै सामुहिक परिवारमा बस्दै आएका जगदम्भा चौधरीको बिबाह टिकुलीगडकी उषा देवि मगरसगं भएको छ । चुनावी प्रचारमा निस्कुन भन्दा पहिला बिहान देविलाई तिनै भाई बुहारीले चिया नास्ता तयार पार्छीन् । जगदम्बा दाईसगै चुनावी प्रचारमा निस्कीन्छन् ।
    बुहारी उषाले घरमा र प्रचार कार्यालयमा भेटघाट गर्न आउने कार्यकर्ताहरुसगं सम्वाद गर्ने र प्रचार प्रसारको प्रभावकारिताकोलागि योजना बनाउछिन् ।
    उनका छोरा बिनयको ससुराली पनि गोर्खालीनै हुन । उनको बिबाह मगंलापुरकी आरती थापासगं भएको छ । यि सवैको मागी बिबाह भएको हो । सामुहिक परिवारका अग्रज समेत रहेका देवि भन्छन्– बुहारीको माईत, छोरीको घर म र मेरो घरमा बेला बेलामा पारिबारिक जमगट भईरहन्छ ।
    दुवै तर्फको परिवार अहिले चुनावी अभीयानमा छन ।’ पहाडी सामुदायसगं बिबाह बारी गरेर परिवारलाई मिश्रीत बनाएका चौधरी गोर्खालीका सम्धि हुन् । ‘म गोर्खालीको सम्धि हु , चौधरी भन्छन् –तर मेरो पारिवारिक पृष्ठ भुमी र मेरो सघर्ष पुर्ण र्इितहासलाई नजरअन्दाज गर्दै गलत अफहा फैलाईरहेका छन् ।’
    उनले भने– निर्वाचन हो कसैले मनलाग्दी आरोप र अफवा फैलाउनु हुदैन । त्यस्ता कुनै सानो प्रमाण छ भने पनि ल्याउनुस म जस्तोसुकै कार्वाही भोग्न तयार छु ।’ त्यतीबेलाका योजनाकार र अगुवाई क–कसले गरेका थिए भन्ने प्रस्टनै छ । उनले अगाडी भने, घाम जस्तै छर्लङ्ग घटनाको आरोप कालो अनुहार भएकै कारणले ममाथी थोपारीन्छ भने त्यसमा मेरो होईन छालाको दोस रहने छ ।
    चौधरी २०३८ सालदेखि राजनीतिमा आएका हुन् । २०३६ साल निर्दल र बहुदलको जनमत सग्रह थियो, त्यसबेला बहुदलको पक्षमा सक्रिर्य चौधरी बहुदल बिजयी भएपछि राजनीतिमा सक्रीर्य भए । उनि साविक हाटीबनगाई गाविसको ४ कार्यकाल अध्यक्ष भए । जुनबेला उनले गाउमा सडक, बिजुली, खानेपानी र सिचाईकोलागी थुप्रै काम गरे । उनि खाद्यय संस्थानको बोर्डअफ डाईरेक्टर भएपछि मात्र खाद्य संस्थालले नेपाल भित्रै दाल, चामल खरिद खर्न सुरु गरेको थियो । उनि लुम्विनी बिकास कोषको सदस्य तथा लुम्विनी पर्यटन प्रबद्र्धन बिकास समितिको समेत अध्यक्ष भएका थिए । कोषको सदस्य सचिव हुदा खासै भुमिका नभए पनि पर्यटन प्रबद्र्धनमा रहदा भने उनले रुपन्देही, नवलपरासीमा आन्तरीक तथा बाह्य पर्यटन प्रबद्र्धनकालागि उलेख्य काम गरेका छन् ।
    ‘सिमीत साधन स्रोतका बाफजुत पनि त्यो बेला आएको बजेटको सही सदुपयोग गरे, उनले भने– ‘लामो समय पदीय जिम्मेवारीमा रहदा समेत म कहिले आर्थीक बिबादमा आईन ।’ गाउ र जिल्ला स्तरमा सफलता हात पारेका चौधरीलाई ससंदमा पुग्ने अवसर भने मिलेको छैन् । उनि यसअघी भएका सविधान सभा निर्वाचनमा झिनो मत अन्तरले पराजित हुदै आएका छन् । ‘जित अलक कुरा हो तर बिस्वास गुमाएको छैन,’ उनले भने । यो पटक भने लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार रहेका चौधरीलाई हार्छुकी भन्ने कत्ती पनि चिन्ता छैन । ‘अहिलेसम्मका उपलब्धिको रक्षा गर्दै मुलुकमा शान्ति, प्रजातन्त्रको संस्थागत गर्ने कि फेरी छत्तिससाल तिर जाने भन्ने यो चुनाव एक हिसावले जनमत जस्तै हो । चौधरीले भने –त्यसलै यो पटक जनताले लोकतन्त्र पक्षधरलाई रोज्नुहुने छन ।