Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • डेढ करोडको लागतमा क्याफे एण्ड बार’ सञ्चालनमा 

    August 11, 2019



    बुटवल, २६ साउन । बुटवल–११ कालिकानगर (होराइजन चोक नजिकै) ‘ब्ल्याक इन हवाइट क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेण्टको ‘हब’ का रूपमा विकास हुँदै गएको कालिकानगर क्षेत्रमा यहाँका चार जना युवाहरूको संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो ।
    क्याफे एण्ड बारको आइतबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उद्घाटन गदै होटल तथा रेष्टुरेण्टहरु रातभर सञ्चालन हुनुपर्ने माग आफूहरूले प्रशासनमा पटक–पटक उठाएको बताउनु भयो । रुपन्देहीमा पर्यटकीय क्षेत्रहरू थपिँदै गएकोले अबका केही वर्षमा यहाँका होटल र रेष्टुरेण्ट पर्यटकहरूले भरिभराउ हुने उहाँले बताउनु भयो । युवाहरु विशाल खनाल, कृष्ण पोखरेल, भुवन खरेल र राजेन्द्र चालिसे बारमा लगानी गरेका हुन् । एक करोड ५० लाख रुपैयाँको लागतका बार सञ्चालनमा आएको संरक्षक नारायण लेकालीले जानकारी दिनु भयो ।
    कार्यक्रममा संघका महासचिव माधव कुमार खनालले क्याफेले आम सेवाग्राहीको मन जित्ने बताउनु भयो । बारमा १५ जना युवाहरूले रोजगार समेत पाएका छन् । जहाँ ३ वटा एसी हल, २ वटा सिसा कटेज रहेका छन् । बारमा खाजा नास्ताको मेनु अन्य होटल तथा रेष्टुरेण्टहरूको तुलनामा सस्तो रहेको लेकालीले बताउनु भयो । पछिल्लो समय रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा आउने क्रम तीब्र छ । कार्यक्रम बारका संरक्षक जनकराज खनालको अध्यक्षतामा भएको थियो ।