देवदहमा फेरी एक युवकको हत्या : ५ जना पक्राउ

देवदहमा फेरी एक युवकको हत्या : ५ जना पक्राउ

बुटवल, २६ जेठ । रुपन्देहीको देवदहमा शनिबार राती एक युवकको हत्या भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ८ बिशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो । कुटपिटबाट गम्भिर थापाको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई आफनै साथीभाइले कुटपिट गरेको आशंका गरीएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम देखिएको थियो । प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही स्थानका २० वर्षीय रमेश थारु, २४ वर्षीय रमेश थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो र २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको हो । रुपन्देहीको देवदहमा यस अंगाडी युवासंघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी, बलु पौडेल र तरुण दलका नेता अनिस पुरीको हत्या भएको थियो ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares