ढवाहामा धनुषवाण प्रतियोगिता

1.8K

ढवाहामा धनुषवाण प्रतियोगिता

बुटवल, २५ पुस । बुटवल उपमहानगरपालिका वडा नं १४ ढबाहमा आजदेखि तीनदिने (तारा खेल) धनुषवाण प्रतियोगिता शुरु भएको छ ।

छन्त्याल समुदायको राष्ट्रिय पर्व म्हिलाङे सोङती (माघे संक्रान्ति) छारम्हेङको पावन अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति,रुपन्देहीले प्रतियोगिताको आयोजना गरेको हो । धनुषवाण प्रतियोगिताको एक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले धनुषवाण हानेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार मञ्च–नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, छन्त्याल महिला संघका अध्यक्ष सुमित्रा छन्त्याल, सचिव भेषमाया छन्त्याल लगायतले बोल्नु भएको थियो । समितिका अध्यक्ष चरत छन्त्यालको अध्यक्षता, सचिव नन् छनत्यालको सञ्चालन तथा तारा खेल संयोजक सुवेदार गंगाबहादुर छन्त्यालको स्वागतमा प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा मगर समाज खैरेनी, गुरुङ समाज भलवाडी, थकाली समाज बुटवल, छन्त्याल समाज बुटवल र दाङका गरि छ टिमको सहभागिता रहेको तारा खेल संयोजक सुवेदार गंगाबहादुर छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुंनेले २० हजार,द्धितीयले १२ हजार, तृतीयले ८ हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक छन्त्यालले जानकारी दिनुभयो ।

समितिका अनुसार आजैं महिला छेलो, सुई–धागो, बोरा दौड, कुर्सि दौड, रसी तान्ने र घैटो फोर प्रतियोगिता सम्पन्न भएको संयोजक छन्त्यालले बताउंनुभयो । छारम्हेङको मुल कार्यक्रम माघ १ गते हुंने समितिले जनाएको छ ।