गजल (सम्पूर्ण सुन्दरीहरुप्रति समर्पित)

672

गजल (सम्पूर्ण सुन्दरीहरुप्रति समर्पित)

तिमीलाई देख्दा तपस्वीको ध्यान बन्द हुन्छ ।

संसारका विद्धान सबको ज्ञान बन्द हुन्छ ।।

जस्तै महापुरुष पनि तिम्रो सामु बन्छन कम्जोर ।
डोनाल्ड, मोदी, गुट्रेस्को ज्यान बन्द हुन्छ ।।

शहर तिमी छिर्दाखेरि हेर्नेहरु लाग्छन् लहर ।
यहाँसमम कि अदालतमा बयान बन्द हुन्छ ।।

तिम्रो आवाज सुन्नलाई लाखौ छन् लालायित ।
अरुको त कुरै छाडौं राष्ट्रिय गान बन्द हुन्छ ।।

यमराज र यमदुत तिमीलाई देखे लठ्ठ पर्छन् ।
यही पाराले कुनै दिन त चियान बन्द हुन्छ ।।

भए भरको दिन सक्छ्यौ रित्तिएर आफू ।
शंका लाग्छ कतै अन्तराष्ट्रिय दान बन्द हुन्छ ।।

नेतादेखि अभिनेता तिम्रै लागि मरिमेट्छन् ।
तिमीले भने कुर्सी टेवल हानाहान बन्द हुन्छ ।।
-दिनेश खड्का