डोजर लगाएर खाली बनाईएको जग्गामा कवर्ड हल सिलान्यास

886

डोजर लगाएर खाली बनाईएको जग्गामा कवर्ड हल सिलान्यास

बुटवल, ३२ जेठ । बुटवल उपमहानगरपालिकाले ४८ वर्षदेखि बस्दै आएका १६ परिवारलाई डोजर लगाएर खाली गराएको वडा नं. १ को जग्गामा कवर्ड हल निर्माणकालागि शिलान्यास गरेको छ । बुटवल नगरपालिकाले श्री ३ बडामहारानीको नाममा रहेको उक्त जग्गामा बस्दै आएका १६ परिवारलाई बिस्थापित गरि कवर्ड हल शिलान्यास गरेको हो ।

उक्त कवर्ड हलको शनिबार एक कार्यक्रमका बिच मेयर शिवराज सुवेदीले सिलान्यास गर्नुभएको हो । ४८ लाख रुपैंयाँ लागत अनुमान गरिएको उक्त कवर्ड हलमा एकैसाथ तीन बिधाका खेल खेल्न मिल्नेगरी निर्माण गर्न लागिएको मेयर सुवेदीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै मेयर सुवेदीले प्रदेश सरकारले बसोबास आयोगको कानुन बनाएपछि विस्थापित भएकालाई बसोबासको व्यबस्था मिलाउने आश्वासन दिनुभयो । नगरपालिकाले व्याडमिन्टन, तेक्वाण्डो र टेवलटेनिसका खेल एकैसाथ खेल्न मिल्नेगरी बहुउद्देश्यीय कवर्ड हल निर्माण गर्न लागिएको वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले बताउनु भयो ।