गुल्मीमा जीप दुर्घटना : पूर्वसांसद भण्डारी सहित तीनको मृत्यु

597

गुल्मीमा जीप दुर्घटना : पूर्वसांसद भण्डारी सहित तीनको मृत्यु

गुल्मी, २८ चैत । गुल्मीको मुसिकोट नगरपालीकामा विहिवार विहान भएको जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाईते भएकी मालीका गाउँपालीका २ दर्लिङकी ३६ वर्षीय कौशिला थापाको उपचारकोलागि पाल्पा लैजाँने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा धुर्कोट गाउँपालीका ५ निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रनीतिनीधि तथा पुर्व सांसद ६५ वर्षीय रुद्रमणी भण्डारी र मालीका गाउँपालीका गाउँपालिका १ का ८ वर्षीय वस्कर विश्वकर्माको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र बहादुर खड्काले बताउनु भयो । मालिका गाउँपालिका अन्र्तगत दर्लिङवाट विहिवार विहान सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको उक्त जिप विहान ९ बजेको समयमा मुसिकोट नगरपालिका १ अन्र्तगत नेटा चैनडाँडामा दुर्घटना भएको हो । दुर्घटनामापरि घाईते भएका सात जना घाईते भएका सबैलाई उपाचारकालागि पाल्पा लगिएको छ ।

पुर्व सांसद भण्डारी बुधवार मालिका गाउँपालीका घमिरमा दलित संघका जिल्ला उपाध्यक्ष टेकबहादर विश्वकर्माको श्रद्धाञ्जली कार्यक्रममा जानु भएको थियो । जीप घुम्टीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको शवलाई सदरमुकाम तम्घास ल्याईएको छ ।