इञ्जिनियर्स दिवसमा बिभिन्न कार्यक्रम गरिँदै

919

इञ्जिनियर्स दिवसमा बिभिन्न कार्यक्रम गरिँदै

बुटवल, २९ असार । इञ्जिनियर्स दिवसमा नेपाल इञ्जिनियर्स एशोसियशन प्रदेश पाँच कार्यकारिणी समितिले बिभिन्न कार्यक्रमको तयारी गरेको छ । एशोसियशनको स्थापना दिवसलाई इञ्जिनियर्स दिवसको रुपमा मनाउँदै आएको छ ।

एशोसियनशनले ५७ औं स्थापना दिवसको अवसर खुल्ला व्याडमिन्टन प्रतियोगिता, खुल्ला फूटसल प्रतियोगिता तथा रक्तदान र अग्रज इञ्जिनियरलाई सम्मान गर्ने कार्यक्रम तय गरेको हो ।

एशोसियशन प्रदेश कार्यकारिणी समितिले पहिलो दिन आगामी साउन १ गते इञ्जिनियरहरुका बिचमा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगिता बुटवलको नवदिलिप कवर्डहलमा हुनेछ । त्यस्तै साउन २ गते इञ्जिनियरहरुकै बिचमा खुल्ला फूटसल प्रतियोगिता आयोजना गरेको छ ।

उक्त प्रतियोगिता तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फूटसल कोर्टमा प्रतियोगिता सञ्चालन गरिने र दिवसको दिन साउन तीन गते बुटवल स्थित इञ्जिनियर भवनमा रक्तदान तथा अग्रज इञ्जिनियरलाई सम्मान गरिने नेपाल इञ्जिनियर्स एशोसियशन प्रदेश कार्यकारिणी समितिका सहसचिव यादव नेपालले जानकारी दिनुभयो ।