Wednesday 20th February 2019
  • New title for a=>html, img=>alt
  • एभरेष्ट बैंक लिमिटेडद्धारा ट्याब वितरण

    February 13, 2019


    बुटवल, १ फागुन । यु.के.–एईड सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा एभरेष्ट बैंक लिमिटेडद्वारा ट्याब वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    एभरेष्ट बैंक लि. लुम्बिनी शाखाकी शाखा प्रबन्धक शान्ती शर्माको सभापतित्व तथा एभरेष्ट बैंक लि.प्रदेश नं ५ का प्रमुख पुर्ण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो बु। सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले वितरण गरिएको ट्याब बाट ग्राहकले नजिकैको व्यावसायिक प्रतिनिधिमार्फत सजिलै खाता खोल्न, रकम जम्मा गर्न तथा सजिलै औठा छाप लाएर पैसा निकाल्ने सकिने बताउनु भयो ।

    एभरेष्ट बैंक बुटवल शाखाका शाखा प्रबन्धक राम भरोस यादबकोे स्वागत भएको कार्यक्रमको सहजिकरण एभरेष्ट बैंक लि. शाखरहित बैंकिङ्ग विभागका ज्योति प्रसाद रोकाले गर्नु भएको थियो । हाल एभरेष्ट बैंक लिमिटेडले ९२ शाखा, २८ राजश्व संकलन काउन्टर,११६ ए.टि.एम तथा ४८३ व्यावसायिक प्रतिनिधि मार्फत नेपालमा विश्वसनीय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।