लुम्बिनी फेशनको उपाधी श्रेष्ठ र थापाले जिते

965

लुम्बिनी फेशनको उपाधी श्रेष्ठ र थापाले जिते

झविन्द्र देवकोटा
बुटवल, २१ भदौ । बुटवलमा भएको लुम्बिनी फेशन परेडको उपाधी दिवशकुमार श्रेष्ठ र एन्जीला थापाले जितेका छन् । विगत एक महिना अगाडि अडिशन सुरु भएको फेशन परेडमा सहभागि ३७ जना प्रतियोगिहरुलाई पछि छोड्दै ब्वाईजमा श्रेष्ठ र गल्समा थापा विजयीसँगै बेष्ट मोडल बनेका हुन् । सेभेन हर्ट ईन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको फेशन परेडमा फष्ट रनरअफमा रोमन पुन र समिक्षा शेरचन, सेकेन्ड रनरअफमा आशिष शर्मा काफ्ले र शुभेच्छा श्रेष्ठ विजयी भएका हन् । त्यसैगरी अर्गनाईजर च्वाईसमा आश्मा क्षेत्री र प्रमिला थापा तथा भिवर च्वाईसमा सिल्बी थापा र रोहन धमाल छानिएका छन् । सेभेन हर्ट ईन्टरटेनमेन्टका अध्यक्ष लक्ष्मण छन्ट्यालको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेशनल फेशन कलेजका अध्यक्ष जमुना राना, मिस बुटवल करुणा खड्का, मिष्टर तनहु प्रितम गुरुङ, फेशन डिजाईनर अनुपमा श्रेष्ठ, रन्जना श्रेष्ठ, मुना राना, सत्यसाईक केन्द्रका दीपा गाहा, पत्रकार झविन्द्र देवकोटा, ब्यूटिसियन विन्जु थापा, संचारकर्मी सुमन श्रेष्ठ, हाम्रो ईभेन्टका अरुण गुरुङ लगायतले विजेताहरुलाई ताज, पुरस्कार तथा विजेताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा कोरियोग्राफर रेशम न्यौपानेलाई उत्कृष्ट कोरियोग्राफरको एवार्ड समेत प्रदान गरिएको थियो । सोही कार्यक्रमको अवसर पारि मिस रुपन्देही आईकनको शुभारम्भ समेत गरिएको थियो ।