के वास्तबमै फ्रान्सले लोकप्रियतावादलाई अस्वीकार गरेको हो त ?

554

के वास्तबमै फ्रान्सले लोकप्रियतावादलाई अस्वीकार गरेको हो त ?

मार्क रोय/
फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मत परिणामको घोषणापछि उदारबादी पश्चिमा जगतले चिन्तामुक्त भएको अनुभव ग¥यो । मतसर्वेक्षणमा धेरै हप्तासम्म आफ्ना प्रतिष्पधी भन्दा अगाडि देखिएकी दक्षिणपन्थी दल नेशनल फ्रन्टकी उम्मेदवार मरिन ल पेनले दोस्रो स्थान हािसल गरिन् भने मध्यमार्गी स्वतन्त्र उम्मेदवार इमानुअल म्याक्रोँे प्रथम स्थानमा विजयी भए । उनन्चालिस वर्षीय म्याक्रोँ युरोपको लोकतान्त्रिक मध्यमार्गी राजनीतिक धारमा “नयाँ अनुहार” मानिन्छन् र उनी यही वैशाख २४ गते हुने दोस्रो चरणको निर्वाचनमा सजिलै विजयी हुनेछन् भन्ने अनुमान गरिएको छ ।

यो वर्षको सुरुमा नेदरल्यान्डका मतदाताले दक्षिणपन्थी लोकप्रियतावादी प्रधानमन्त्रीका उम्मेदवार गिर्ट वाइल्डर्सलाई निर्वाचनमा पराजित गरेपछि फ्रान्समा भएको म्याक्रोँको जित भएसँगै धेरै राजनीतिक पर्यवेक्षकले यो परिणामलाई संयुक्त अधिराज्य युरोपेली सङ्घबाट बाहिरिने बारेमा भएको जनमत सङ्ग्रह र संयुक्त राज्य अमेरिकामा सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुमा महत्वपूर्ण भूमिका खेलेको लोकप्रियतावादलाई ठूलो धक्का लागेको ठानेका छन् । धेरैले लोकप्रियतावादको लहर घटेको विश्वास गरेका छन् ।

यद्यपि समाचार शीर्षकभित्रको परिदृश्य त्यति आशालाग्दो देखिँँदैन वा लोकप्रिंयताबाद विरोधी लहर पर्यवेक्षकले अनुमान गरे जस्तो छैन ।

निर्वाचनमा गैर–संस्थापन उम्मेदवारले पाएको कूल मत सङ्ख्याले अप्रत्यक्षरुपमा फ्रान्समा लोकप्रियताबादी दलको समूह अझै अगाडि देखापर्नेतर्फ इङ्गित गर्दछ । वास्तवमा लोकप्रियताबादी उम्मेदवारले प्रथम चरणको निर्वाचनमा प्राप्त समग्र मत सङ्ख्या लगभग बहुमत मतदाताको मत हो ।

निर्वाचनमा ल पेनले आप्रवासी बिरोधी, यूरोपेली सङ्घ बिरोधी राष्ट्रवादी आर्थिक नीतिको कार्यक्रम तथा साँकेतिक रुपमा जातीयवादको सन्देशसहित समूहको नेतृत्व गरेकी थिइन् । उनले आफ्नो दल नेशनलिष्ट फ्रन्टको विगतको यहुदी विरोधी इतिहासलाई पूरै परित्याग गर्न सकिनन् र सन् २०१७ मा उनको दलको कट्टरताले मुसलमान विरोधी स्वरुप धारण ग¥यो । उनी फ्रान्सलाई युरोपेली सङ्घको “युरोजोन” भनिने एकल मुद्रा प्रणाली र सङ्घबाट समेत अलग गर्न तयार देखिन्छिन् तथा संयुक्त अधिराज्यका ब्रेक्जिट पक्षघर विपरित संरक्षणवादी व्यपाार नीति अवलम्बन गर्ने पक्षमा छिन् ।

ल पेनले प्राप्त गरेको २१.३ प्रतिशत मतमा चरम बामपन्थी र संस्थापनविरोधी अर्का उम्मेदवार जाँ लुक मेलेनसनले पाएको १९.६ प्रतिशत मत जोड्दा फ्रान्सेलीको निकै ठूलो असन्तुष्ट मतदाताको हिस्साले यी दुई उम्मेदवारलाई मतदान गरेको देखिन्छ । मेलेनसन एक आकर्षक व्यक्तित्व भएका उत्तेजक भाषण गर्ने क्षमता राख्ने उम्मेदवार हुन् । उनले आफ्नो चुनावी प्रचारप्रसार पनि चलाखीपूर्ण तरिकाले गरेका थिए । चुनावी अभियानमा मेलेनसन मूलधारको समाजवादी दलका उम्मेदवार बेनोइट ह्यामनभन्दा निकै अगाडि थिए । निर्वाचनभन्दा अघिका मत सर्वेक्षणले मेलेनसनलाई प्राप्त समर्थन अन्य नेताहरुले प्राप्त गरेको समर्थनभन्दा निकै झिनो अन्तरले कम देखाएपछि धेरै पर्यवेक्षकले दोस्रो चरणको निर्वाचनमा मेलेनसन र ल पेनबीच प्रतिष्पर्धा हुने भय व्यक्त गरेका थिए ।

मेलेनसनको नीति ल पेनको जस्तो आप्रवासी विरोधी वैमनस्य वा सर्वसत्ताबादी प्रवृत्तिको छैन । तर आफ्नो आर्थिक भविष्यप्रति चिन्तित संस्थापन विरोधी बहुसङ्ख्यक कामदार र युवाका लागि उनी विश्वव्यापीकरण विरुद्ध उभिएका एक लोकप्रिय नेता हुन् । मेलेनसन र ल पेन दुवैजनाले स्थापित व्यवस्थालाई उल्टाउन चाहने क्रुद्ध मतदाताको प्रतिनिधित्व गर्दछन् । मेलेनसनका समर्थक डेमोक्रेटिक प्रारम्भिक मतदानमा वर्नी स्यान्डर्सलाई मतदात गर्ने तर आम निर्वाचनमा डोनाल्ड ट्रम्पलाई मतदान गर्ने अमेरिकी श्रमजीवी वर्गका मतदाता भन्दा भिन्न छ्रैनन् । मेलेनसनले अहिलेसम्म दोस्रो चरणको निर्वाचनमा म्याक्राँेलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।

यदि तपाइँले ल पेन र मेलनसनले संयुक्तरुपमा पाएको ४०.९ प्रतिशत मतमा कम्युनिष्ट पार्टीलगायत साना अति दक्षिणपन्थी र पूँजीवाद विरोधी दलले प्राप्त गरेको कुलमत सङख्या जोड्नु भयो भने ंसंस्थापन विरोधी मतदाताको प्रतिशत ४५ भन्दा माथि पुग्छ । युरोप समर्थित स्वतन्त्रतावादी लोकतन्त्रको विजय भएको घोषणा गरिएका शीर्ष समाचारमा सो जित वास्तवमा कति कम मत अन्तरले भएको थियो भन्ने कुरालाई भने बेवास्ता गरेको पाइन्छ । वास्तविकता के हो भने फ्रान्समा लोकप्रियतालाई समर्थन गर्ने मतदाताको सङ्ख्या उच्च छ, किनकि वैशाख १० गतेको प्रथम चरणमा मतदान गर्ने मतदातामध्ये आधा भन्दा बढी सङ्ख्याका मतदाताले यथास्थितीलाई भत्काउने पक्षमा आफ्नो मत जाहेर गरेको देखिन्छ ।

पुनःएक पटक यो मत सङ्ख्या अर्को चरणको निर्वाचनको बेला कस्तो स्वरुपको मतदान निर्णयमा परिणत हुन्छ भन्नेमा ठूलो संशय कायमै रहेको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनले करोडाँैको मत अन्तरले लोकप्रिय मत जितिन तर उनलाई निर्वाचक मण्डलको आवश्यक सङ्ख्या पु¥याउन विस्कन्सिन, पेनसेल्भिनिया र मिसिगन राज्यभरबाट थप एक लाख मतको आवश्यकता प¥यो ।

यो वर्ष फ्रान्सको निर्वाचनमा संस्थापन विरोधी मतदाताको कूल हिस्सा अमेरिकामा ट्रम्पले प्राप्त गरेको लोकप्रिय मतको हिस्सा समान देखिन्छ तर उम्मेदवारले चुनावको बेला गर्ने तालमेल र निर्वाचन नियमको भिन्नताको कारण फ्रान्समा लोकप्रियतावादी तथा स्वतन्त्र व्यापार विरोधी उम्मेदवारले पराजय व्यहोर्नुपर्नेछ ।

फ्रान्सको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा यदि धेरै प्रतिशत मत म्याक्रोँको विपक्ष र मेलेनसनको पक्षमा परेको भए मात्र पनि दोस्रो चरणको निर्वाचन प्रतिष्पर्धामा संस्थापन विरोधी उम्मेदवार उपस्थित हुने थिए । त्यसमाथि यदि कुनै एक उम्मेदवारले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जसरी डोनाल्ड ट्रम्पले कामदार र निम्न मध्यमवर्गीय मतदाताको मत आफ्नो पक्षमा बटुलेका थिए त्यसरी नै फ्रान्समा यदि कुनै उम्मेवादरले आर्थिक राष्ट्रवादी र आप्रवासी विरोधी मतदाताको समर्थन बटुल्न सकेको भए, ती उम्मेदवारले पहिलो चरणको निर्वाचन जित्ने थिए र दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिको पदको दाबी गर्न सक्ने हैसियतसहितको बलियो स्थितिमा रहने थिए ।

यसपटक फ्रान्सेली मतदाताले आप्रवासी विरोधी, स्वतन्त्र व्यापार विरोधी, खुल्ला अर्थतन्त्र विरोधी र विश्वव्यापीकरण विरोधी नीतिलाई अस्वीकार गरेता पनि फ्रान्सको निर्वाचन परिणामको सतहमुनी लोकप्रियतावादी गठबन्धनको सम्भावना सुषुप्त रहेको तथ्य पनि विद्यमान छ । त्यसकारण स्वतन्त्र लोकतन्त्रले जितेको भनेर उत्सव मनाउनेहरुका लागि विजयी भएको घोषणा गर्ने बेला अझै भएको छैन । (मार्क जे रोय हार्भार्ड विश्वविद्यालयमा कानुन संकायका प्राध्यापक हुन् ।) अनुवाद : दीपराज सन्याल