गजल

564

गजल

गजल लेख्छु भनेको फुर्दै फुरेन त के मरम ।
रदिफ र काफियाहरु जुर्दै जुरेन त के मरम ।।

पुष माघको जाडोमा सँगै सुत्नुमा छ आनन्द ।
हान्छु भनेको गालामा घुर्दै घुरेन त के मरम ।।

बाइक किने २ लाखमा घाटा खाई बेच्नुप¥यो ।
जे गर्दा पनि त्यो दगुर्दै दगुरेन त के मरम ।।

घर बनाउने ठेकेदारले पैसा खाएर भाग्यो हजुर ।
घरको जग सम्म पनि पुर्दै पुरेन त के मरम ।।

सिक्री चोर्ने चोरलाई पक्री प्रहरीको जिम्मा लाए ।
सम्झायो बुझायो उसलाई थुर्दै थुरेन त के मरम ।।

टन्न ख्वाएपछि साथीलाइ ठाने सबै कुरा खोल्ला ।
मदिराका बोटलहरु सबै तुर्दै तुरेन त के मरम ।।

बर्षौसम्म प्रेम गरेकी पोहोर साल अन्तै भागी ।
अझै एक बर्ष पर्ख भन्दा कुर्दै कुरेन त के मरम ।।

-दिनेश खड्का