गणतन्त्र दिवसमा रक्तदान

361

गणतन्त्र दिवसमा रक्तदान


बुटवल, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल १३ वडा कमिटिले रक्तदान कार्यक्रम गरेको छ । बुटवलको बेलबासमा आयोजित रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए ।
बुटवल १३ वडा कमिटिका अध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन रुपन्देहीका अध्यक्ष थानकुमारी थापाले गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम गरेकामा खुसी व्यक्त गर्नुभयो ।