Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • शिक्षक संघको स्थापना दिवस : गरिव तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक

    May 14, 2019


    बुटवल, ३१ बैशाख । सामाजिक अभियान्नता नेपाल शिक्षक संघ प्रदेश पाँचका महासचिव लालप्रसाद पंगेनीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गर्नु भएको छ । नेपाल शिक्षक संघको ३० औ स्थापना दिवसको अवसरमा उहाँले आफैले अध्ययन गरेको सैनामैनाको पर्रोहा उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक वितरण गर्नुभएको हो ।

    आफूले पढेको बिद्यालयमा बिद्यार्थी भर्नालाई प्रभावकारी बनाउन आग्रह सहित त्यसमा आफूले सहयोग गर्ने प्रतिवद्धता गरेको र सोही अनुसार संघको स्थापना दिवसको अवसर पारेर बिद्यालय पोशाक वितरण गरिएको उहाँले बताउनु भयो । त्यस अवसरमा पर्रोहा माध्यमिक बिद्यालयमा बाल शिक्षा अध्ययनकालागि भर्ना भएका ४० जना बालबालिकालाई बिद्यालय पोशाक वितरण गर्नुभएको हो ।

    गरिव तथा जेहेन्दार बिद्यार्थीलाई अध्ययनमा हौसला प्रदान गर्न सकियोस भन्ने उद्देश्यले बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको उपस्थितीमा पोशाक वितरण गरिएको उहाँले बताउनु भयो ।