कालो झण्डा देखाउने घिमिरेलाई नि:शर्त रिहाईको माग

542

कालो झण्डा देखाउने घिमिरेलाई नि:शर्त रिहाईको माग

बुटवल, ८ बैशाख । प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएर पक्राउ परेका युवालाई मुद्दा चलाएको प्रति नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । नागरिकले विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार कुण्ठित गरेर सरकारले रबैया देखाएको उनीहरुको आरोप छ ।

नेपाली कांग्रेस तिलोत्तमा १ देखी ५ का विभिन्न तहका नेताले निकालेको विज्ञप्तीमा सरकार निरंकुश अधिनायकबादतर्फ उन्मुख भएको उल्लेख गरिएको छ । जितगढी किल्लामा शनिबार प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला कालो झण्डा देखाएको भन्दै अर्घाखाँची घर भई बुटवलमा बस्दै आएका रुद्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्री, महाधिवेसन प्रतिनिधि चिरञ्जिवी पौडेल, जिल्ला सदस्य कृष्णबहादुर गौतम, हरि तिवारी, क्षेत्रीय सचिव माधबलाल देवकोटा, विपी विचार समाजका अध्यक्ष कल्याण पौडेल, महिला संघकी पार्वती थापा, वडा सभापतिहरु जोवानसिंह ठकुरी, तिर्थराज पौडेल, कर्णबहादुर टण्डन, किशोर सुवेदी र रमेश डुम्रेद्वारा जारी विज्ञप्तीमा घिमिरेको निसर्त रिहाइको माग गरिएको छ ।