Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • गुल्मीको रेसुङ्गा क्याम्पसलाई गुणस्तर प्रमाणपत्र

    June 9, 2019


    रमेश विश्वकर्मा/
    गुल्मी, २६ जेठ । गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई विश्व बिद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता (क्यु.ए.ए) प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पसले यहि जेठको १२ गते क्यु.ए.ए. प्राप्त गरेपछि बुधबार कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।

    क्याम्पसले क्यु.ए.ए. प्राप्त गरेको खुसियालीमा क्याम्पस सञ्चालक समिति, पूर्व क्याम्पस प्रमुखहरु, प्रध्यापक, बिद्यार्थी, समाजसेवि, स्थानीयहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि लगायतको सहभागीतामा सदरमुकाम तम्घासमा बाजागाजा सहित ¥याली प्रदर्शन गरिएको सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले जानकारी गराउनु भयो ।

    क्यु.ए.ए. प्राप्त उक्त क्याम्पसले प्रदान गर्ने शैक्षिक प्रमाणपत्र अव अन्तर्राष्ट्रिय स्तरको हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष शशि पन्थीले बताउनु भयो । उहाँले भन्नुभयो–‘हामीले क्याम्पस स्थापना गर्दा पनि खुसी भयौं, अहिले क्यु.ए.ए प्राप्त गर्दा ज्यादै खुसी भएका छौं ।’

    अब क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग प्राप्त हुने बताउँदै अध्यक्ष पन्थीले विपन्न वर्गका बिद्यार्थीलाई सहयोग गर्न र क्याम्पसको शैक्षिक उन्नयनमा क्युएएले सहयोग गग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्याम्पसमा स्नातक तहमा प्राविधिक शिक्षा सञ्चालनकालागि समेत बाटो खुलेको बताउनु भयो ।

    क्याम्पस प्रमुख हरीबहादुर खत्रीले क्युएए प्रमाणपत्र प्राप्त कलेजमा अध्ययन गरेका बिद्यार्थीलाई प्रदान गरिने प्रमाणपत्र अन्तर्राष्ट्रिय मापदण्डको हुने भएकाले त्यही अनुसारको शिक्षाका लागि थप चुनौती थपिएको बताउँदै त्यसकालागि क्याम्पस तयार रहेको बताउनु भयो ।