Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • हिलवर्ट बोर्डिङ स्कूलको नतिजा प्रकाशन

    April 10, 2019


    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका बडानम्बर २ पिपरास्थित हिलवर्ट इङ्लिस बोर्डिङ स्कूलले बार्षिक परीक्षाको नतिजा प्रकाशनका साथै यु के जी कक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दिक्षान्त समारोह मार्फत दिक्षित गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

    दूई चरणमा विभाजन गरी नतिजा प्रकाशन गरिएको कार्यक्रमा मङगलवार प्ले गु्रपदेखि १ कक्षा सम्मका विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । बार्षिक परीक्षाको नतिजामा सेक्सन र कक्षागत प्रथम, द्वितिय, तृतिय, कक्षागत रुपमा बढी हाजिर, अनुशासित तथा सरसफाई लगाएतका विविध विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

    कार्यक्रमलाई उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका प्रबक्ता एवम् वडानम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले हिलवर्ट इग्लिस बोर्डिङ स्कुल नगर तथा जिल्लाकै सर्वाेत्कृष्ट विद्यालयको रुपमा परिचित भएको कारण यो विद्यालय वाणगंगा नगरपालिकाको एउटा गहनाको रुपमा रहेको बताउनु भयो । विगतमा पनि अत्यन्तै राम्रा नतिजाहरु ल्याउँदै आएको विद्यालयले नयाँ व्यवस्थापनमा गएपछि थप गुणस्तरियता कायम गरेको बताउनु भयो ।

    त्रिभुवन विश्वविद्यालयले मात्रै विद्यार्थीलाई दीक्षित गर्नै कार्य गर्दै आएकोमा यस विद्यालयले यु के जी कक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दिक्षान्त समारोह मार्फत दिक्षित गर्ने यस क्षेत्रमा पहिलो पटक नमुना काम गरेको बताउनु भयो ।

    साथै विद्यालयले गरेका नमुना कार्यहरुको भूमिकामा रहने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवादका साथै प्रशंसा समेत गर्नुभयो । नियमित रुपमा आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाई अभिभावकहरुले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभयो ।

    वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिले विद्यार्थी सुहाउँदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै अहिलेको आवश्यकता रहेको बताउनुभयो । विद्यालयहरुले घोकन्ते भन्दापनि सिपमुलक र प्रविधियुक्त शिक्षानै केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो । वाणगंगा नगरपालिका पुर्ण विधार्थी भर्ना नगरपालिका भएकाले भर्ना गराएर मात्र नभई नियमित रुपमा विद्यालय पठाउन सवै अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

    सोहि अवसरमा बिद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेले विद्यालयका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयले जिल्लामै पहिलोपटक अहिले निरन्तर विद्यार्थी मूल्याङकन कास प्रणाली र एस क्यू सी पद्धतीमा शिक्षण सिकाई क्रियाकलाप गरिरहेको छ ।

    उहाँले भावी दिनमा विद्यालयले एक बर्षे, तिन बर्षे, पञ्चबर्षिय र १० बर्षीय योजना बनाएर गुणात्मक शिक्षा प्रदान गर्ने दिशामा आफूहरु रहेको बताउनु भयो । साथै आज (बुधवार) कक्षा २ देखि ९ सम्मको नतिजा प्रकाशन कार्यक्रम आयोजना विद्यालयले गरेको बताउनु भयो जनाएको छ ।

    विद्यालयका प्रबन्धक निर्देशक बुद्धिराम पौडेलको अध्यक्षता भएको कार्यक्रममा विधार्थीको स्वागत नृत्य तथा प्रिप्राइमरी तह र्काेडिनेटर सुष्मा पौडेलको स्वागत मन्तव्य र विद्यालका अतिरिक्त क्रियाकलाप संयोजक युवराज रिमालको सञ्चालन भएको थियो ।