हिलवर्ट इग्लिस बोर्डिङको प्राचार्यमा कमल पौडेल

699

हिलवर्ट इग्लिस बोर्डिङको प्राचार्यमा कमल पौडेल


कपिलवस्तु,२०जेठ । कपिलवस्तु जिल्लाको वाणगंगा २ पिपरा स्थित हिलवर्ट इग्लिस बोर्डिङले प्राचार्यमा कमल पौडेललाई नियुक्त गरेको छ ।नव नियुक्त प्राचार्यलाई विद्यालयले एक कार्यक्रमका बिच स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

नव नियुक्त प्राचार्य पौडेलले छोटो समयमै हिलवर्ट इग्लिस बोर्डिङले पाएको सफलतालाई आत्मसाथ गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने भनाई राख्नु भयो । विगत २३ वर्ष देखि शैक्षिक संस्थाहरुको नेतृत्व गरिरहनु भएका स्थानिय शैक्षिक व्यक्तित्व पौडेलले रुपन्देहीमा १३ वर्ष र कपिलवस्तुमा १० वर्ष स्काइलार्क इग्लिस बोर्डिङ स्कुल वाणगंगा ११ ओदारीको नेतृत्व गरि सक्नु भएको छ ।

सोहि अवसरमा शैक्षिक सत्र २०७६ मा हिलबर्ट इग्लिस बोर्डिङ स्कुलमा भर्ना भएका करिव १ सय ५० नव आगन्तुक विद्यार्थी र शैक्षिक गुणस्तर सुधारका लागि नवनियुक्त शिक्षकलाई पनि स्वागत गरिएको कार्यकारी निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका मावि तह संयोजक डिल्लिराज पाण्डेको स्वागत र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक युवराज रिमालको सञ्चालनमा सम्पन्न भएको थियो ।