चल्छ सधैं रगतको होली

627

चल्छ सधैं रगतको होली

चल्छ सधैं रगतको होली, गर्छौ रंगको कुरा ।
मरेको छ देशको सपूत, गर्छौ उमंगको कुरा ।।

काटमार छ आफैमा, हेप्छ त्यसै छिमेकीले ।
देशै शोकमा डुबेको बेला, गर्छौ दंगको कुरा ।।

सर्दैछन जंगे पिलार, दिन रात वरवर अझै ।
गर्दैनौ प्रतिकार एकरत्ति, गर्छौ जंगको कुरा ।

गर्यौ सधैं असमान, सन्धि र सम्झौताहरु ।
गर्दैनौ कहिले बेमेल ती, सन्धि भंगको कुरा ।।

भई सक्यो टुक्राटुक्रा, नेपाल आमाको मुटु ।
गर्छौ अझै पनि होली खेल्ने, वेढंगको कुरा ।।

ढलेका छन गोबिन्दहरु, देशको सिमानामा ।
लुकाउँछौ सत्यतथ्य, त्यो दुष्ट संगको कुरा ।।

~ तिलक तारामी ” रेशाली “

बुटवल – ११, रुपन्देही