भारतमा उच्च सुरक्षा सतर्कता

600

भारतमा उच्च सुरक्षा सतर्कता

नयाँदिल्ली, १२ माघ । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गणतन्त्र दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्का गर्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् ।

राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ । “हामीले गणतन्त्र दिवस समारोहलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि सबै सुरक्षा उपाय अपनाएका छौँ, कुनै हिंसात्मक गतिविधि हुने छैन भन्ने हाम्रो विश्वास छ” – दिल्ली प्रहरीका एक अधिकृतले भने । रासस/सिन्ह्वा