खादा फेसन कि संस्कृति ?

1.1K

खादा फेसन कि संस्कृति ?

जनक डंगोल

२०४६ साल भन्दा अगाडी सम्म नेपालका केहि सिमित जनजातीहरु बाहेक अन्य जातिहरु लाई ‘खादा’ भनेको के हो र यो के कामको लागी प्रयोग गरिन्छ भन्ने कुरा थाहा पत्तो थिएन । २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्रको पुनर्स्थापना पश्चात राजनीतिक पार्टीका नेताहरु राजनीतिक भ्रमणमा जिल्ला तथा ईलाकाहरुमा जाँदा शेर्पा, गुरुङ तथा तामांग समुदायहरुले आफ्ना नेताहरुको मानको खातिर खादा अर्पण गर्ने गर्दथे । ‘खादा’ भनेको तिब्बती संस्कार हो र यो पुजा आजामा देवतालाई फुल प्रसादी स्वरूप अर्पण गर्ने गरिन्छ ।

दक्षिण पुर्बी एसियाको धेरै देसहरुमा आप्रबासी चिनियाँ समुदायको बाक्लै उपस्थिति छ भने सिंगापुरमा रास्ट्रपति देखि प्रधानमन्त्री सम्म चिनिया समुदायको नागरिक छन । त्यस्तै मलेसियामा पनि मुख्य मन्त्रि देखि मन्त्रि सम्ममा चिनियाँ मुलका नागरिकहरु पुग्न सफल भै सकेका छन । पंक्तिकार सन २००४ डिसेम्बर देखि हालसम्म मलेसियामा रोजगारमा कार्यरत छ । चिनियाँमुलका नागरिकहरु नै मलेसियाको उधोग व्यापारमा अग्रपंक्तिमा रहेको यो देसका चिनियाँ व्यापारी संग पंक्तिकारले घुलमिल गरेर बसेको सन २००८ मार्च देखि हो ।
चिनियाँहरु ताओ धर्मालम्बी हुन । ताओ सम्प्रदायको पुजा बिधि बिधान नेवारी हिन्दु संस्कृति संग मेल खान खोज्छ । भन्नलाई ताओ धर्म पनि बुद्धकै एक अवतार हो भन्छन तर पुजाआजाको दौरानमा बुद्धलाई फलफुल प्रसादी अर्पण गर्दा सुद्ध साकाहारी खानेकुरा मात्र अर्पित गरिन्छ भने ताओ धर्म मान्नेले नेवारहरुले जस्तै गरि मांसाहारी बस्तु समेत अर्पित गर्छन ।

मेरो बाल्यकाल देखिको अति परम मित्र बीरमान घलान जातिले तामांग समुदायको हुनुहुन्छ । हामि जस्तै सानैमा उहाँको पिताज्यु पनि नुवाकोटबाट हेटौडामा बसाई सरि आउनु भएको हो । मित्रले बर्षको एक पटक घरमा स्वस्ति सान्ति गराउनु हुन्छ । फरक के छ भने हामि हिन्दुले ब्राम्हण पण्डित बोलाएर स्वती सान्तिको लागि रुद्री पाठ पुजा गराउछौ भने मेरो मित्रले लामा गुरु बोलाएर स्वस्ति सान्ति गराउनु हुन्छ । हिन्दु पण्डितले बेद पुराण पढ्छन भने लामाले पनि लामाको बेद (पोस्तक) पढ्छन । देउतामा अर्पित गरिने फलफुल, मेवा मिस्टान्न देखि पन्चामृत सम्म एकै देखिएता पनि फरक चैँ के छ भने तामांग समुदायमा पुजा आजामा देवता देखि गुरु र गुरुका अनुयायीहरु सम्म लाई ‘खादा’ अर्पित गर्ने चलन छ ।

सोहि पुजाको समयमा मैले लामा गुरुलाई ‘खादा’ को बिषयमा सोधेको थिए र लामा गुरुले ‘खादा’ भनेको देवतालाई अर्पित गरिने फुल प्रसादी जस्तै हो भनेर जवाफ दिनु भएको थियो । हिन्दुहरुले पनि कुलायन पुजा गर्ने बेलामा चढाएको ध्वजा (जुन सेतो र रातो रंगको मार्किन कपडाको हुन्छ) लाई पुजा समाप्ति पछी गलामा पहिरिन्छन । जसरि हिन्दुले फुलाको माला देखि ध्वजा लगाउछन हो त्यस्तै गरि लामा गुरु र उनका अनुयायीहरुले खादा लगाउने चलन छ ।

हाम्रो दस नेपालमा हरेक कुराको नक्कल दक्षिण छिमेकीको गर्ने चलन छ । भारतमा चुनावको बेला तथा अन्य राजनीतिक कार्यक्रमहरुमा सय केजी भन्दा माथिको भड्किलो माला नेताहरुलाई पहिर्याउने चलन बिस्तारै बसेको देखिन्छ । यस्ता मालाहरु दक्षिण भारतका नेताहरुलाई ति नेताहरूको अनुयायीहरुले पहिर्याउने गरेका छन भने हाल नेपालमा नेताहरुलाई पहिर्याउने गरेको गलबन्दी जस्तै देखिने कपडामा पार्टीको चुनाव चिन्ह र सोहि अनुसारको रंग भरेर नेता देखि कार्यकर्ताहरुमा सम्म लगाउने होडबाजीचलेको छ यो पनि दक्षिण भारतकै चलन हो जुन बिस्तारै भारतभर फैलिएर अहिले नेपाल सम्म आइपुगेको छ । बिदेसमा बस्ने आप्रबासी भारतीयहरुले आफ्नो देसको नेता आउँदा ठुला ठुला माला र रंगीबिरंगी खादा जस्तै कपडा लगाई दिने गर्छन भने यस्तै सिको सिकेर होला हाम्रा गैर नेपालीहरुले पनि बिदेसमा खादाको चलन मनग्य बसाएका छन ।
२०४६ साल पछी हाम्रा सबै पार्टीका नेताहरुले भारतीय नेताहरुको सिको गर्दै उतैका नेताहरुले जस्तो लगाउने पोसाक देखि गलबन्दी जस्तै देखिने कपडामा पार्टीको चिन्ह अंकित गराएर लगाउने गरेका छन । हाम्रा राजनीतिक पार्टीका नेताहरु भारतीय नेताको जस्तै पोसाकमा सजिएर जिल्ला भ्रमणमा जाँदा पार्टीका कार्यकर्ताहरुले फूलमालाको सट्टा ४/५ हाते सेता कोरा कपडा जस्ता देखिने कपडाहरु घांटीमा लगाई दिने गर्न थालेका छन ।
राजनीतिक पार्टीका कार्यक्रमहरु मात्र नभएर साहित्यिक देखि बिवाह सम्मको कार्यक्रममा यस्ता सेता कोरा कपडा जस्ता देखिने चार पाँच हाते कपडा घांटीमा बाध्ने यो कुन चलन हो ? खादा भनेको चौडाईमा अन्दाजी चार पाँच अम्बल र लम्बाइमा अन्दाजी डेढ दुई हात सम्मको हुन्छ । मैले देखेको सक्कली खादा चैँ त्यो हो र बिदेसी पाहुनाहरु आउँदा समेत हाम्रा सेर्पा देखि गुरुङ, तामांग समुदायका ब्यक्तिहरुले यस्ता खादा पहिर्याई दिने गर्थे भने मजेत्रो जस्तो देखिने त्यो कोरा कपडा के सक्कली खादानै हो त ?
धार्मिक तथा अन्य सभा समारोहहरुमा फुलमालाले स्वागत गर्ने चलन छ तर सदियौ देखिको यस्ता चलनहरुलाई बिस्थापित गर्दै हावा र हचुवाको तालमा ‘खादा’ संस्कृति भित्र्याउनु ठिक कि बेठिक । कम्युनिस्टहरुले धर्म मान्दैन भन्छन अनि धर्म नमानेसी संस्कृति देखि पर्वहरु समेत मान्ने त कुरै भएन तर कम्युनिस्टमा पनि धर्म र संस्कृति मान्नु हुन्न भनेर अडिग निर्णय लिने माओबादी नेता देखि कार्यकर्ताहरु समेतको गलामा सेता राता खादा हिजो आज टन्न देखिन्छ भने नेपालको कम्युनिस्टहरु सक्कली कम्युनिस्टनै हुन त ?
कमरेड माओ त चाईनाका हुन । हाम्रा नेपाले कम्युनिस्ट नेताहरुले कामरेड माओको घाटीमा खादा झुन्डेको देखेका छन ? उबेला देखि अहिले को रास्ट्रपति सी जिन पेंगहरुले समेत चिनमा खादाको माला लाएर हिडेको कसैले देखेका छन ? छैन भने पशुपति देखि बुद्धको देसमा यो बिकृति र विसंगतिहरु किन अंगालीदैछ ?