जेसीआई बुटवल एकाडेमी शुरु : पब्लिक स्पिकर बुटवल–२०१८ घोषणा हुने

598

जेसीआई बुटवल एकाडेमी शुरु : पब्लिक स्पिकर बुटवल–२०१८ घोषणा हुने

बुटवल, ७ मंसिर । बुटवल जेसीजले गैरजेसीज युवाहरूको लागि जीवन उपयोगी तालिम दिने उदेश्यले पहिलोपटक जेसीआइ बुटवल एकाडेमी शुरु गरेको छ । बुटवलका झन्डै एक दर्जन कलेजका करिव ५० जना युवा विद्यार्थीको सहभागिता रहेको एकेडेमीबाट पब्लिक स्पिकर बुटवल २०१८ घोषणा हुने बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीले बताउनुभयो ।

एकेडमीको उद्घाटन गर्दै डेभलपमेन्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले कलेजमा अध्यनरत युवालाई नेतृत्व र व्यक्तित्व सिकाउने अभिप्रायले एकेडेमी शुरुआत गरेकोमा स्रहाना गर्नुभयो । उहाँले मुलुकमा हरेक क्षेत्रमा भोलीकोलागि सक्षम नेतृत्व निर्माण गर्न एकेडेमी कोषेढुंगा सावित हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले गर्ने चार वटा अवसर मध्ये एक समुदायको विकासको लागि आफुले २०१७ देखि नै पब्लिक स्पिकर बुटवल शुरु गरेको बताउदै एकेडेमी र पब्लिक स्पिकर बुटवल दुवै कार्यक्रम एकैपटक आयोजना भएकोले सहभागी युवाहरुले यस्तो अपुर्व अवशरको उपयोग गर्न अनुरोध गर्नुभएको थियो ।

बुटवल जेसीजका पुर्वअध्यक्ष प्रदिपकुमार उदयले नेपाल जेसीजको नेपाल भरीका शाखाहरुमा बुटवल जेसीजले फरक र अव्वल कार्यक्रम गर्न सघै अघि सर्ने हुदा एकेडेमीले फेरी जेसीज अभियानमा नया इटा थपेको बताउनुभयो । बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल पाण्डेले पब्लिक स्पिकर बुटवलको दोस्रो पटक र जेसीआइ बुटवल एकेडेमी पहिलो पटक आयोजना हुन निकै गौरवको कुरा भएको औल्याउदै यसबाट एक से एक होनाहार युवाको उदय हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जेसीजका तालीम आयुक्त अनिलबहादुर शाहीले जेसीज अभियानको बारेका जानकारी दिनुभएको थियो । नेपाल प्रहरीका पुर्व एसएसपी एवम् नार्कनन दक्षिण एशियाका प्रमुख बसन्तराज कुँवरले सहभागिहरुलाई नेतृत्व र ब्यक्तित्व बिकास सम्बन्धि तालिम दिनुभएको थियो ।

एकेडेमीको पाइलट्मा नेपाल जेसीजका प्रशिक्षक रमेश अर्याल, निर्देशकमा दिनेश खड्का, सदस्य राजेन्द्रबहादुर जिसी रहनुभएको छ । बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पब्लिक स्पिकर बुटवलका संयोजक आविश्कार खनाल, जेसीजका उपाध्यक्ष माधव खनाल, महासचिव चन्द्रमणी भुसाल लगायतले भनाई राख्नुभएको थियो ।