जीप दुर्घटनामा ३ को मृत्यु

343

जीप दुर्घटनामा ३ को मृत्यु


अर्घाखाँची, २५ चैत । अर्घाखाँची जिल्ला नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर छ । सदरमुकाम सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक भूमिकास्थान नगरपालिका–८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको हो ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी सोमवार दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताउनु भयो । लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गम्भिरजंग थापाले जानकारी दिनुभयो । मृत्यू हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन् ।

घाईते ९ जनालाई थप उपचारका लागि वुटवल रिफर गरिएको छ । तीन जनाको सन्धिखर्कमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । गाडी दुर्घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जीपमा १५ जना सवार थिए ।